Technology Khabar १ बैशाख २०८२, सोमबार
काठमाडौं ।
एप्पलले सन् २०२५ को पहिलो त्रैमासिकमा नयाँ आईफोन १६ई को सार्वजनिक र जापान तथा भारतजस्ता देशहरूमा बलियो मागका कारण विश्वव्यापी स्मार्टफोन बिक्रीमा पहिलो स्थान हासिल गरेको छ। यो तथ्यांक काउन्टरपोइन्ट रिसर्चले सोमबार सार्वजनिक गरेको हो।
काउन्टरपोइन्टको भनाइ अनुसार, विश्व स्मार्टफोन बजार यस वर्ष घट्ने अपेक्षा गरिएको छ। यसको कारण भनेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएको भन्सार महसुल र आर्थिक अनिश्चितता हो। ट्रम्पका नीतिहरूले विश्व व्यापार तनाव बढाएको र आर्थिक अवस्था झनै कमजोर बनाएको जनाइएको छ, जसले महँगी पनि बढ्न सक्ने देखिएको रोयटर्सले उल्लेख गरेको छ।
रिपोर्ट अनुसार, यस्ता अस्थिर आर्थिक परिवेशले उपभोक्ताहरूलाई नयाँ मोबाइल किन्ने योजना पछाडि धकेल्न सक्छ, जसले आपूर्ति श्रृंखलामा असर पार्छ र व्यापारिक जोखिम बढाउँछ।

“हाम्रा हालसम्मका अनुमानअनुसार भन्सार महसुलको घोषणा भएपछि पनि मागमा ठूलो वृद्धि देखिएन, किनकि नीति र महसुलबारे अन्योल कायम थियो। भन्सार महसुल अप्रिलमा मात्र लागू भएकाले यसले पहिलो त्रैमासिकमा आईफोनको मागमा असर गरेन,” काउन्टरपोइन्टका वरिष्ठ अनुसन्धान विश्लेषक अंकित मल्होत्राले भने।
वैश्विक स्मार्टफोन बजार सन् २०२५ को पहिलो त्रैमासिकमा ३ प्रतिशतले बढेको भए पनि, काउन्टरपोइन्टले बाँकी वर्ष बजार खुम्चिने अनुमान गरेको छ।
सामसङ १८ प्रतिशत बजार हिस्सा सहित दोस्रो स्थानमा रह्यो। शाओमीले पनि आफ्नो बिक्री गति कायम राख्दै तेस्रो तथा भिभो र ओपो क्रमश: चौथो र पाँचौँ स्थानमा आए।
प्रकाशित: १ बैशाख २०८२, सोमबार