स्पेसएक्सले थप २१ स्टारलिङ्क भूउपग्रहहरू पृथ्वीको तल्लो कक्षमा प्रक्षेपण गर्यो

Technology Khabar १ बैशाख २०८२, सोमबार

काठमाडौं ।

स्पेसएक्सले फ्लोरिडास्थित नासाको केनेडी स्पेस सेन्टरबाट स्टारलिङ्क भूउपग्रहहरूको अर्को समूहलाई पृथ्वीको तल्लो कक्षामा प्रक्षेपण गरेको छ।

फाल्कन ९ रकेटले २१ वटा स्टारलिङ्क भूउपग्रहहरूलाई पृथ्वीको तल्लो कक्षमा पुर्याउने टेलिग्राफले रिपोर्ट गरेको छ।

ती मध्ये तेह्र ओटा डाइरेक्ट टु सेल प्रविधिले सुसज्जित गरिएको र जसको उद्देश्य विश्वव्यापी रूपमा मोबाइल डिभाइसहरूको लागि ‘सेलुलर डेड जोन’हरू हटाउनु भएको बताइएको छ।

स्पेसएक्सको बढ्दो फ्लीट (विस्तारित समूह)को भागको रूपमा तिनीहरू आफ्नो विशेष कक्षहरूमा जान सुरु गर्न सकुन् भनेर रकेट प्रक्षेपणको भएको लगभग एक घण्टामा स्याटेलाइट (भूउपग्रह) हरू पठाइएको उल्लेख गरिएको छ।

यो सँगै स्टारलिङ्कको अब पृथ्वीको कक्षमा हजारौं भूउपग्रहहरू रहेका छन् जसले १०० भन्दा बढी देशहरूलाई इन्टरनेट प्रदान गर्दछ।

स्पेसएक्सले दुर्गम क्षेत्रहरूलाई संचारका लागि मद्दत गरिरहेको बताए पनि केहीले भने अन्तरिक्षमा स्याटेलाइट (भूउपग्रह) हरूको बढ्दो संख्या र वातावरणमा तिनीहरूको प्रभावको बारेमा चिन्ता व्यक्त गरेका छन्।

आलोचकहरूले भूउपग्रहहरूको संख्या बढ्दै जाँदा स्पेस डेब्रिस (अन्तरिक्ष फोहोर), वायुमण्डलीय प्रदूषण र पृथ्वीको तल्लो कक्षमा भूउपग्रहहरूको ठक्करको जोखिमको बारेमा चिन्ता व्यक्त गरेका रिपोर्टमा उल्लेख छ।

प्रकाशित: १ बैशाख २०८२, सोमबार

तपाइको प्रतिक्रिया