आईफोन १७ प्रोको केसहरू देखा परे, नयाँ क्यामरा बार ठूलो हुने संकेत

Technology Khabar १ बैशाख २०८२, सोमबार

काठमाडौं ।

सोनी डिक्सनले यस सेप्टेम्बरमा आउने आईफोन १७ प्रो सिरिजको कथित दुईवटा क्लियर केसहरूको तस्बिर साझा गरेका छन्। फोनको पछाडिको क्यामरा बम्प फोनको चौडाइमा विस्तार हुने अपेक्षा गरिएको भए पनि यी केसहरूले भने क्यामरा बार निकै ठूलो आकारको हुने देखाएको छ।

एप्पलले आईफोन १७ प्रो, आईफोन १७ प्रो म्याक्स र अफवाह गरिएको पातलो आईफोन १७ एयर गरी आफ्नो तीन मोडेलहरूमा गुगल पिक्सेल फोनहरूको जस्तै यो क्यामरा बार डिजाइन प्रयोग गर्ने अपेक्षा गरिएको छ।

प्रो मोडेलहरूमा भने अधिक सक्षम टेलिफोटो क्यामरा समायोजन गरिने सामाजिक सञ्जालमा अफवाह फैलिएको छ र जसको लागि लगभग एक छेउँदेखि आर्को छेउँसम्म क्यामरा बार आवश्यक पर्ने उल्लेख गरिएको छ।

तिनीहरूको रेन्डरिङ र सिद्धान्तले ४८ मेगापिक्सेल १०x अप्टिकल जुम क्यामरा समायोजन गर्नको लागि ठूलो टेलिफोटो लेन्स घुमाउने पर्ने र लीडीएआर सेन्सरलाई स्थानान्तरण गर्नु पर्ने आवश्यकताको सुझाव दिने उल्लेख गरिएको छ।
आईफोन १७ प्रो सिरिजमा अपेक्षित यस विशाल क्यामरा बारको बारेमा जान्नको लागि यस शरद ऋतुसम्म पर्खनुपर्नेछ भनि ९टु५म्याकलेले उल्लेख गरेको छ।

प्रकाशित: १ बैशाख २०८२, सोमबार

तपाइको प्रतिक्रिया