विन्डोज ९५ को स्टार्टअप साउण्ड ‘लाइब्रेरी अफ कंग्रेस’ मा थप गरियो

  • Technology Khabar | १ बैशाख २०८२, सोमबार
विन्डोज ९५ को स्टार्टअप साउण्ड ‘लाइब्रेरी अफ कंग्रेस’ मा थप गरियो

काठमाडौं ।

नेशनल साउण्ड रेकर्डिङ रजिस्ट्रीले सन् २०२५ को लागि आफ्नो नयाँ सूची जारी गरेको छ। उक्त नयाँ सूचीमा केही “नर्ड–फ्रेण्डली” साउण्ड (ध्वनिहरू) समावेश रहेका छन् जुन लाइब्रेरी अफ कंग्रेस (पुस्तकालय) मा उपलब्ध हुनेछन्।

ती साउण्ड (ध्वनिहरू) मध्ये माइक्रोसफ्ट विन्डोज ९५ अपरेटिङ सिस्टमको स्टार्टअप ध्वनि र माइनक्राफ्ट खेलको ध्वनि पनि समावेश रहेको बताइएको छन्।

विन्डोज ९५ स्टार्ट (सुरु) हुँदा सुन्ने/बज्ने ध्वनि एम्बियन्ट संगीत अग्रगामी ब्रायन एनोले रचना गरेका हुन्।

उपलब्ध जानकारी अनुसार, ध्वनिको अन्तिम संस्करण माइक्रोसफ्ट इन्जिनियरहरूले अनुरोध गरेको भन्दा दोब्बर लामो भएको बताइएको छ। साथै ध्वनिले पर्सनल कम्प्युटरहरूको यस युगको लागि “स्वागत, आशा र प्रगतिको भावना व्यक्त गरेको” भन्दै इन्जिनियरहरूले त्यसबखत उक्त ध्वनिलाई जे भए पनि स्वीकार गरेको उल्लेख गरिएको छ।

त्यसैगरी सन् २०२३ मा समावेश गरिएको प्रसिद्ध सुपर मारियो ब्रोस खेलको प्रतिष्ठित थिम (विषयवस्तु) पछि, भिडियो गेमको संसारबाट रजिस्ट्रीमा थपिने माइनक्राफ्टको भोल्युम अल्फा साउण्ड (ध्वनि) दोस्रो भएको बताइएको छ।

हालै फिल्मको रुपमा रूपान्तरण प्राप्त गरेको लोकप्रिय स्यान्डबक्स खेलको लन्च (सुरुवातको) साउन्डट्र्याक डेनियल रोजेनफेल्डले रचना र प्रस्तुत गरेको बताइएको छ उनी ‘सी४१८’ को स्टेज नामबाट परिचित रहेका छन्।

सन् २०२५ को लागि ध्वनिहरूको सूचीमा विभिन्न विधाका संगीतहरू समावेश गरिएका छन् भने प्रसिद्ध गायिका सेलिन डियोनको प्रसिद्ध गीत “माई हार्ट विल गो अन“ ले पनि स्थान पाएको टेलीग्राफले उल्लेख गरेको छ।

प्रकाशित: १ बैशाख २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...