Technology Khabar १ बैशाख २०८२, सोमबार
काठमाडौं ।
नेपालमा क्यूआर कोड मार्फत हुने कारोबार रकम र सङ्ख्या पछिल्लो ४ महिनामा लगातार बढ्दै गएको पाइएको छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघ महिनासम्मको मासिक भुक्तानी प्रणाली सूचक अनुसार क्यूआर कोड मार्फत हुने कारोबार रकम र सङ्ख्या कम्तीमा पछिल्लो चार महिनामा लगातार बढेको पाइएको हो।
मसिरबाट पौष तथा पौषबाट माघमा जाँदा कारोबार रकम र सङ्ख्या दुवैमा उल्लेख्य वृद्धि भएकोमा माघबाट फागुनमा जाँदा पनि यो प्रवृत्तिले निरन्तरता पाएको हो।
क्यूआरमार्फत् हुने कारोबार सङ्ख्या
गत मंसिरबाट पौषमा जाँदा क्यूआर मार्फत् हुने कारोबार सङ्ख्यामा ११ लाख ७४ हजार ३९२ ले वृद्धि भएर २ करोड ४५ लाख १७ हजार ७६ पुग्यो। यस्तै पौषबाट माघमा जाँदा १७ लाख ८९ हजार ८९९ ले बढेर समग्रमा २ करोड ६३ लाख ९ हजार ९४५ पुग्यो। हालैको प्रतिवेदनले देखाए अनुसार माघबाट फागुनमा पुग्दा ७ लाख १५ हजार ७४० ले बढेर समग्रमा २ करोड ७० लाख २२ हजार ७१५ पुगेको छ।
क्यूआरमार्फत् हुने कारोबार रकम
क्यूआर कोडमार्फत् हुने कारोबार रकम मंसिरदेखि पौषमा जाँदा ९३ करोड ५० लाख बढेर ७३ अर्ब २२ करोड ५० लाखमा पुग्यो। यसैगरी पौषबाट माघमा जाँदा ४ करोड ६८ लाख ४० हजार रुपैयाँ बढेर ७७ अर्ब ९० करोड ९० लाख रुपैयाँमा पुग्यो। हालै माघबाट फागुनमा जाँदा पनि यो रकम २ अर्ब २८ करोड ५० लाख बढेर समग्रमा ८० अर्ब १९ करोड ४० लाख रुपैयाँ पुगेको फागुन महिनासम्मको प्रतिवेदले देखाएको छ।
प्रकाशित: १ बैशाख २०८२, सोमबार