Technology Khabar १ बैशाख २०८२, सोमबार
काठमाडौं ।
यस साता लास भेगासमा आयोजित गुगल क्लाउड नेक्स्ट सम्मेलनमा गुगलले दर्जनौं नयाँ फिचरहरू घोषणा गरेको छ, जसमा यसको नयाँ पुस्ताको एआई प्रोसेसिङ चिप आइरनवुड र नयाँ एआई मोडेल जेमिनि २.५ फ्ल्याश पनि समावेश छन्।
गुगलले क्लाउड प्रयोग गर्न साइन अप गरेका थुप्रै एआई स्टार्टअपहरूको नाम पनि सार्वजनिक गरेको छ। तीमध्ये कतिपय स्टार्टअपहरू विश्वकै सबैभन्दा चासोपूर्वक हेरिएका स्टार्टअपहरूमा पर्ने टेकक्रञ्चले उल्लेख गरेको छ।
अघिल्लो रिपोर्टअनुसार, यस सूचीमा सेफ सुपरइन्टेलिजेन्स (एसएसआई) पनि पर्छ, जुन ओपनएआईका सह-संस्थापक र पूर्व प्रमुख वैज्ञानिक इल्या सुत्स्केभरले स्थापना गरेका हुन्।
यस सूचीमा समावेश केही अन्य स्टार्टअपहरू यसप्रकार छन्:
एनिस्फियर – यो कम्पनीले कर्सर नामक अत्यधिक लोकप्रिय एआई-सञ्चालित कोड सम्पादक बनाउँछ। गुगलका अनुसार कर्सरले गुगल क्लाउडमा एन्थ्रोपिकको क्लाउड मोडेल प्रयोग गरिरहेको छ। स्रोतहरूका अनुसार कर्सरको पछिल्लो मूल्यांकन १० अर्ब डलर गरिएको छ। यसको मुख्य प्रतिस्पर्धी सम्भवतः गिटहब कोपाइलट हो, जसका कारण माइक्रोसफ्ट यसको प्रमुख प्रतिस्पर्धी हो।
हेब्बिया– यो कम्पनीले ठूलो मात्रामा कागजात खोज्न र प्रश्नहरूको जवाफ दिन एआई प्रयोग गर्छ, जसका कारण कानुनी क्षेत्रमा निकै लोकप्रिय बनेको छ। यसको १३ करोड डलरको सिरिज बी लगानी चरणमा एण्ड्रीसीन होरोविजले नेतृत्व गरेको थियो, जसमा इन्डेक्स भेन्चर्स, गुगल भेन्चर्स र पिटर थिएल पनि सहभागी थिए। गुगलका अनुसार हेब्बियाले जेमिनि मोडेल प्रयोग गरिरहेको छ।
म्याजिक – यो कम्पनीले कोडिङ र अनुसन्धान स्वचालित गर्न फ्रन्टियर एआई मोडेल निर्माण गरिरहेको छ। यसले गुगल क्लाउड रोज्नु खासै अचम्मको कुरा होइन, किनभने यसले २०२४ मा उठाएको ३२ करोड डलर लगानीमा अल्फाबेटको क्यापिटल जी र पूर्व गुगल सीईओ एरिक स्मिट ले लगानी गरेका थिए। गुगल का अनुसार म्याजिकले गुगल क्लाउडबाट जीपीयू प्रयोग गरिरहेको छ।
फिजिकल इन्टेलिजेन्स – नामक स्टार्टअप रोबोटका लागि आधारभूत सफ्टवेयर विकासमा लागिरहेको छ, र यसको संस्थापकहरूमा लगानीकर्ता ल्याची ग्रूम लगायत चर्चित अनुहारहरू छन्। यसले २०२३ को नोभेम्बरमा सेकोइया, जेफ बेजोस, लक्स क्यापिटल र थ्राइभ क्यापिटल लगायतका लगानीकर्ताबाट २ अर्ब डलरको प्रि-भ्यालुएसनमा ४० करोड डलर उठाएको थियो। यसको केही संस्थापकहरू गुगल डीप माइण्ड मा काम गरिसकेका छन्, जस्तै केरोल हाउस्मान र चेल्सी फिन।
फोटोरुम – पेरिसमा आधारित चर्चित एआई स्टार्टअप हो, जुन युरोपको एआई केन्द्र मानिन्छ। यसले एआई फोटो सम्पादन सेवा दिन्छ र गुगल क्लाउडको भषओ २ भिडियो जेनेरेटिङ मोडेल र इम्याजेन ३ टेक्स्ट-टु-इमेज मोडेल प्रयोग गरिरहेको छ।
सिन्थेसियाले अत्यधिक यथार्थपरक एआई अवतारहरू बनाउने उत्पादनहरू निर्माण गरिरहेको छ र यसले गुगल का विभिन्न मोडेलहरू प्रयोग गरिरहेको छ। यसले २०२४ को जनवरीमा एनईएको नेतृत्वमा २.१ अर्ब डलरको मूल्यांकनमा १८ करोड डलर उठाएको थियो, जसमा जीभी (पूर्वमा गुगल भेन्चर्स) पनि सहभागी थियो।
समग्रमा, गुगल क्लाउडले एआई कार्यभारका लागि माइक्रोसफ्ट अज्युर र केही हदसम्म एडब्लूएससँग प्रतिस्पर्धा गर्न प्रभावशाली स्टार्टअपहरूको सूची बनाउँदै गएको छ।
त्यसका साथै, गुगलले सेकोइया र वाई कम्बिनेटरपछि अब लाइटस्पीडलाई पनि आफ्ना भेञ्चर साझेदारमा थपेको घोषणा गरेको छ। गुगल क्लाउडले आफ्ना साझेदार लगानीकर्ताका पोर्टफोलियो कम्पनीहरूलाई एआई चिप्स र मोडेलहरूको पहुँच दिन्छ।
गुगलका अनुसार लाइटस्पीडका एआई पोर्टफोलियो कम्पनीहरूले १ लाख ५० हजार डलरसम्म क्लाउड क्रेडिट प्राप्त गर्न सक्छन्। यसबाट गुगल ले अझ धेरै उदाउँदा एआई स्टार्टअपहरूलाई आफ्नो क्लाउडमा ल्याउने योजना बनाएको देखिन्छ।
गुगल ले यो साता सार्वजनिक गरेका थप एआई स्टार्टअपहरूको सूची यसप्रकार छ:
• Augment Code — एआई सफ्टवेयर कोड लेख्ने एजेन्ट
• Autoscience — वैज्ञानिक अनुसन्धानमा सहयोग गर्ने एआई एजेन्ट
• Big Sur AI — ई–कमर्सका लागि व्यक्तिगत सिफारिसहरू
• Captions — बोल्ने भिडियो बनाउने र सम्पादन गर्ने टुल
• Eon.io — स्वतः उद्यम बैकअप र रिकभरी
• fal is — टेक्स्ट-टु-इमेज र इमेज-टु-भिडियो
• Spot AI — सुरक्षा क्यामेराका लागि एआई
• Story — बौद्धिक सम्पत्तिको स्टोरेज र लाइसेन्सिङको लागि ब्लकचेन
• StudyHall AI — विद्यार्थीलाई पढाइ, लेखाइ, र परीक्षा तयारीमा सहयोग
• Ubie — जापानी स्वास्थ्य क्षेत्रमा लक्षण विश्लेषक
• Udio — संगीत सिर्जना टुल
• Ufonia — बिरामीहरूसँग क्लिनिकल स्वास्थ्य परामर्श दिने एजेन्ट
• Wagestream — च्यारिटीले बनाएको आर्थिक सशक्तिकरण प्लेटफर्म
• Wondercraft — जनरेटिभ एआई आधारित यथार्थपरक अडियो सामग्री सिर्जना गर्ने टुल
प्रकाशित: १ बैशाख २०८२, सोमबार