एप्पल र अन्य कम्पनीहरूले ट्रम्पको शुल्कमा छुट प्राप्त गर्ने सम्भावना

Technology Khabar १ बैशाख २०८२, सोमबार

काठमाडौं ।

भर्खरै घोषणा गरिएको ट्रम्पको नयाँ व्यापार करले धेरै अमेरिकी कम्पनीहरूलाई नोक्सान पुर्याउने बताइएको छ भने एप्पल सबैभन्दा बढी प्रभावित हुने मध्ये एक हुन सक्ने उल्लेख गरिएको छ।

कम्पनीको धेरैजसो प्रोडक्टहरू चीनमा उत्पादन गरिन्छ/हुन्छन् र ट्रम्पले सुरुमा चीनबाट आउने सबै सामानहरूमा १२५ प्रतिशत तोकेका थिए भने आगामी ९० दिनको लागि करलाई अस्थायी रूपमा १० प्रतिशतमा झारेका छन्।

‘लिबरेसन डे’ को समयमा एक पत्रकारले छुट दिने योजनाको बारेमा ट्रम्पलाई सोधेको प्रश्नमा “कडा हिट” भएका कम्पनीहरूले छुट प्राप्त गर्नेछन् भन्ने एक अस्पष्ट जवाफ आएको बताइएको छ। यसबाट एप्पललाई नै सबैभन्दा बढी असर पर्ने जस्तो देखिएकोले अब कम्पनीले छुट प्राप्त गर्ने सम्भावनाको बारेमा चर्चा गर्न थालिएको उल्लेख छ।

डब्ल्यूएसजेले गरेको गणितको आधारमा उदाहरणका लागि अब आईफोन १६ प्रो उत्पादन लागत ३०० अमेरिकी डलरले बढ्नेछ भन्ने तथ्य पत्ता लगेको उल्लेख गरिएको छ।

त्यसैगरी पछिल्ला केही महिनादेखि ट्रम्पले आफ्नो मन बारम्बार परिवर्तन गरिरहेको देख्न सकिने उल्लेख गरिएको छ। साथै ट्रम्पले छुटको निर्णय “ आवश्यकता” मा आधारित हुनेछन् भनि स्वीकार गरेको बताइएको छ।

एप्पलले स्पष्ट रूपमा कुनै पनि जोखिम लिन नखोजेको बताइएको छ। क्युपर्टिनो–आधारित कम्पनीले ट्यारिफ प्रभावलाई कम गर्न उत्पादनको भण्डारण गर्न थालेको र ब्राजिलले धेरै कम ट्यारिफको सामना गरिरहेको हुनाले त्यहाँ कम्पनीले आफ्नो उत्पादन सुविधा विस्तार गर्ने विचार पनि गरिरहेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: १ बैशाख २०८२, सोमबार

तपाइको प्रतिक्रिया