प्रधानमन्त्रीद्वारा तीन जिल्लाका सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

  • Technology Khabar | ३१ चैत्र २०८१, आईतवार
प्रधानमन्त्रीद्वारा तीन जिल्लाका सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले झापा, तेह्रथुम र ताप्लेजुङका १५ सामुदायिक विद्यालयलाई कम्प्युटरलगायत शैक्षिक सामग्री वितरण गरेका छन्।

सामाजिक उत्तरदायित्वअन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय कोषको रकमबाट आज दमकमा आयोजित कार्यक्रममा ती सामग्री वितरण गरिएको हो।

प्रधानमन्त्री ओलीले शैक्षिक गुणस्तर वृद्धिका लागि सरकारी र निजी क्षेत्रले यस्ता शैक्षिक सामग्री उपलब्ध गराई सहयोग गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललगायत सहभागी थिए।-रासस

प्रकाशित: ३१ चैत्र २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...