Technology Khabar ३१ चैत्र २०८१, आईतवार
काठमाडौं ।
बर्कशायर ह्याथवेको स्वामित्वमा रहेको निजी जेट कम्पनी नेटजेट्समा हालै भएको डाटा ब्रिच मार्फत एलन मस्कलाई निजी विमानमा सेवा दिने गाइड सार्वजनिक भएको छ। ब्लूमबर्गको रिपोर्ट अनुसार उक्त गाइडले विश्वकै धनी व्यक्ति एलन मस्कका केही व्यक्तिगत रुचिहरू झल्काउँछ।
अचम्म लाग्दो कुरा के छ भने दिगोपनमा समर्पित कम्पनी टेस्लाका सीईओ भए पनि मस्क इन्धन बचतमा खासै चासो नदेखाउने बताइएको छ। गाइडअनुसार, “उनी सकेसम्म छिटो र सिधा मार्गमा उड्न चाहन्छन्,” र त्यसैले “इन्धन बचाउनेमा रुचि राख्दैनन्।”
यसबाहेक गाइडमा उल्लेख गरिएका केही कुराहरूचाहिँ त्यति अचम्मका छैनन्। जस्तै — स्टाफलाई मस्कलाई कुनै प्राविधिक सहयोग नगर्न भनिएको छ।
“मिस्टर मस्क आफूलाई आत्मनिर्भर मान्छन् र प्राविधिक सहयोग आवश्यक परेको खण्डमा मात्र माग्छन्।”
टेकक्रञ्चका अनुसार केही विवरणचाहिँ धेरैलाई सामान्य लाग्न सक्छ — जस्तै, अचानक वाइफाइ नचल्दा उनी असहज हुने, दिनभरको यात्रा भए पनि झ्याप निन्द्रामा लिने प्रवृत्ति, र उनी ६५ डिग्री फेरेनहाइट तापक्रम, मधुरो बत्ती, र विमानको भेन्ट नचलेको मन पराउने, किनभने “उनी आवाज मन पराउँदैनन्।”
प्रकाशित: ३१ चैत्र २०८१, आईतवार