
काठमाडौं ।
इन्स्टाग्रामले “गोप्य कोड” प्रयोग गरेर रील्सलाई “लक” गर्न अनुमति दिने एउटा सुविधाको परीक्षण गरिरहेको छ।
यो क्रियटर्स (सिर्जनाकर्ताहरू) का लागि फलोअर्ससँग सञ्चार गर्ने नयाँ तरिका जस्तो देखिएको बताइएको छ। यसले गर्दा क्रियटर्सहरूले अब सुझावको उत्तर थाहा पाउने व्यक्तिहरूसँग विशेष रील्सहरू साझा गर्न सक्ने उल्लेख गरिएको छ।
मेटाको स्वामित्वमा रहेको सामाजिक सञ्जालले आफ्नो डिजाइन अकाउण्ट (खाता) मा नयाँ सुविधा परीक्षण गरिरहेको छ। त्यसमा उनीहरूले ब्लक गरिएको रील साझा गरेका छन् जसले प्रयोगकर्ताहरूलाई “क्याप्सनमा पहिलो ह्यासट्याग” भन्ने संकेत/सुझावको आधारमा “गोप्य कोड” इ्रन्टर गर्न आग्रह गरेको बताइएको छ।
विवरणमा उल्लेख गरिएको पहिलो ह्यासट्याग “थ्रेड्स” रहेको छ। एकपटक सही कोड इ्रन्टर गरेपछि, प्रयोगकर्ताहरूले डिजाइन अकाउण्टले सामाजिक सञ्जाल थ्रेड्समा प्रोफाइल लन्च (सुरु) गरिरहेको देखाउने रिल देख्न सक्ने बताइएको छ।
यस नयाँ सुविधालाई ब्रान्डहरूले नयाँ प्रोडक्चटहरूको विज्ञापन गर्नका लागि वा आफ्ना फलोअर्सहरूसँग संलग्नता बढाउन चाहने क्रियटर्सले प्रयोग गर्न सक्ने बताइएको छ।
यो नयाँ सुविधा रिभिल टुल जस्तै भएको बताइएको छ जसले क्रियटर्स (सिर्जनाकर्ताहरू) लाई लुकेको कथा प्रकाशित गर्न अनुमति दिन्छ र जुन फलोअर्सहरूले प्रत्यक्ष सन्देश पठाएर पत्ता लगाउँदछन् भनि टेलिग्राफले उल्लेख गरेको छ।

प्रकाशित: ३१ चैत्र २०८१, आईतवार