
काठमाडौं ।
टेस्लाले चीनको वेबसाइटमार्फत दुईवटा अमेरिकामा निर्मित मोडेलहरू – मोडल एस र मोडल एक्स – का लागि नयाँ अर्डर लिन बन्द गरेको छ। शुक्रबार गरिएको जाँचले यस्तो देखाएको रोयटर्सले उल्लेख गरेको छ। यो कदम विश्वका दुई ठूला अर्थतन्त्रहरूबीचको व्यापार युद्धको बीचमा आएको हो।
यी दुई आयातित मोडेलहरूको नयाँ अर्डर टेस्लाको वीच्याट मिनी प्रोग्राम खातामा पनि अब उपलब्ध छैन। दुवै मोडेल अमेरिकामा निर्माण गरिन्छ र चीनमा आयात गरिन्छ।
कम्पनीले यो निर्णयको कारण भने खुलाएको छैन। यो कदम चीनले ट्रम्प प्रशासनले चिनियाँ वस्तुहरूमा लगाएको महसुलको जवाफस्वरूप अमेरिकी वस्तुहरूमा कुल ८४ प्रतिशत महसुल लगाएपछि आएको हो। अहिले चिनियाँ वस्तुहरूमा अमेरिकी महसुलको दर १४५ प्रतिशत पुगेको छ।
टेस्लाले टिप्पणीको अनुरोधमा तत्काल प्रतिक्रिया नदिएको उल्लेख गरिएको छै।
अमेरिकी कम्पनी टेस्लाले मोडल ३ र मोडल वाई गाडीहरू चीनको व्यावसायिक केन्द्र शाङ्घाईस्थित कारखानामा निर्माण गर्छ, जुन चीनमै बिक्री हुन्छ र युरोपजस्ता बजारमा निर्यात पनि गरिन्छ। यी मोडेलहरूले कम्पनीको कुल बिक्रीको ठूलो हिस्सा ओगटेका छन्।
चीनले २०२४ मा १,५५३ वटा मोडल एक्स र ३११ वटा मोडल एस गाडीहरू आयात गरेको चीन अटो डिलर संघका विश्लेषक ली यानवेइले बताएका छन्।
प्रकाशित: ३१ चैत्र २०८१, आईतवार