चीनद्वारा अत्याधुनिक ‘सञ्चार भूउपग्रह’ सफलतापूर्वक प्रक्षेपण

  • Technology Khabar | ३० चैत्र २०८१, शनिबार
चीनद्वारा अत्याधुनिक ‘सञ्चार भूउपग्रह’ सफलतापूर्वक प्रक्षेपण
चीनको लङ मार्च–३ बी रकेटद्वारा सञ्चार स्याटेलाइट प्रक्षेपण। तस्बिरः सिन्ह्वा।

काठमाडौं ।

चीनले नवीनतम प्रविधियुक्त ‘सञ्चार भूउपग्रह’ सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ।

शुक्रबार बिहान १२ बजेर ४७ मिनेट जाँदा (बेइजिङ समयअनुसार) चीनको दक्षिण–पश्चिमी सिचुआन प्रान्तको सिचाङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट उक्त भूउपग्रह प्रक्षेपण गरिएको हो।

’लङ मार्च–३ बी’ नामक बोक्ने रकेट प्रयोग गरी प्रक्षेपण गरिएको भूउपग्रह सफलतापूर्वक निर्धारित कक्षमा प्रवेश गरेको जानकारी सो केन्द्रले दिएको छ।

उक्त भूउपग्रह मुख्य रूपमा बहु–तरंगदैर्ध्य (बहु–ब्यान्ड) तथा उच्च गतिको सञ्चार प्रविधिसम्बन्धी परीक्षणहरू गर्न प्रयोग गरिनेछ। यस परीक्षणबाट भविष्यमा अझ सुरक्षित, छरितो र भरपर्दो सञ्चार सेवा विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ।

यो सफल प्रक्षेपण ’लङ मार्च’ शृङ्खलाको ५६९ औँ प्रक्षेपण अभियान हो। लङ मार्च शृङ्खला चीनको सबैभन्दा भरपर्दो र प्रविधियुक्त बोक्ने यानहरूमध्ये एक मानिन्छ, जसले लामो समयदेखि चीनको अन्तरिक्ष अभियानमा महत्वपूर्ण योगदान दिँदै आएको छ।

यस भूउपग्रहको सफल प्रक्षेपणसँगै चीनले विश्वस्तरमा आफ्नो अन्तरिक्ष तथा सञ्चार प्रविधिको क्षेत्रमा निरन्तर प्रगति गरिरहेको छ भन्ने कुरालाई पुष्टि गरेको छ। रासस/सिन्ह्वा

प्रकाशित: ३० चैत्र २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार