Technology Khabar ३० चैत्र २०८१, शनिबार
काठमाडौं ।
व्हाट्सएपले आफ्नो बिटा च्यानल मार्फत निरन्तर नयाँ सुविधाहरू परीक्षण गरिरहेको छ। यी सबै सुविधाहरू लन्च हुनका लागि महिनौं लाग्ने छ। यसै क्रममा व्हाट्सएपले एकै समयमा एक दर्जन नयाँ सुविधाहरू जारी गरेको छ।
व्हाट्सएपको ग्रुप (समूह) च्याटहरूमा अब अनलाइन इन्डिकेटर (सूचक) उपलब्ध हुने भएको छ जसले समूहको नाम अन्तर्गत कुन सदस्यहरू उपलब्ध छन् भनेर देखाउने छ।
ग्रुप्स (समूहहरू) बाट हाइलाइटहरू मात्र प्राप्त गर्नका लागि छनौट गर्न सकिने छ जसले सेभ गरिएका कन्ट्याक्टहरूबाट मेन्सन, रिप्लाइ र मेसेजेजमा नोटिफिकेसनहरू सीमित गर्नेछ।
अब देखि वान–अन–वान च्याटमा इभेन्ट सिर्जना गर्न सकिने छ। लामो इभेन्ट (कार्यक्रम) हरूको लागि अन्तिम मिति र समय थप्न सकिने र च्याटमा इभेन्ट पिन गर्न सकिने छ।त्यसैगरी मेसेजमा अरू कसैको रियाक्सन ट्याप गरेर रियाक्ट गर्न (प्रतिक्रिया दिन) सकिने छ।
आईओएसमा व्हाट्सएपबाट सिधै डकुमेन्ट्स (कागजातहरू) स्क्यान गर्न र पठाउन सकिने छ भने क्रप र सेभ गर्ने विकल्पहरू पनि उपलब्ध भएको बताइएको छ।
केही ठाउँहरूमा आईओएसको नवीनतम संस्करणमा व्हाट्सएपलाई डिफल्ट मेसेजिङ र कलिङ एपको रूपमा सेट गर्न सकिने बताइएको छ। त्यसको लागि सेटिङ्समा भित्र डिफल्टमा गएर व्हाट्सएप छान्न पर्नेछ।
आईओएसमा भिडियो कलको समयमा औंलाहरू प्रयोग गरेर जुम इन गर्न सकिने छ। चलिरहेको वान–अन–वान कलमा च्याट थ्रेडबाट सिधै अरुलाई थप्न सकिने छ।
ब्यान्डविथ मार्फत एचडी गुणस्तरमा द्रुत जम्पको साथ भिडियो कलहरू उच्च गुणस्तर र अधिक भरपर्दो बनाइएको उल्लेख छ। च्यानल एडमिनहरूले अब फलोअर्ससँग ६० सेकेन्ड वा कमको छोटो भिडियोहरू रेकर्ड गर्न र साझेदारी गर्न सक्नेछन्।
त्यसैगरी च्यानलहरूको लागि भ्वाइस मेसेजे ट्रान्सक्रिप्टहरू प्राप्त गर्न सकिने बताइएको छ। यस बाहेक सिधै च्यानलमा लिङ्क हुने क्यूआर कोड सिर्जना गर्न सकिने बताइएको छ र च्यानलको एडमिन भएको खण्डमा त्यसलाई अरूसँग सजिलै साझेदारी गर्न सकिने जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: ३० चैत्र २०८१, शनिबार