Technology Khabar ३० चैत्र २०८१, शनिबार
काठमाडौं ।
ब्लू ओरिजिनको पहिलो पूर्ण रूपमा महिलाहरूले भरिएको अन्तरिक्ष यात्रा सोमबार (अप्रिल १४) का लागि तय गरिएको छ।
सबै कुरा योजनाअनुसार भएमा, यो कम्पनीको ११औं मानव मिसन एनएस-३१ पूर्वनिर्धारित समयमा बिहान १० बजे (पूर्वी अमेरिकी समयअनुसार) वा १४:०० जीएमटीमा टेक्सासको लञ्च साइट वनबाट प्रक्षेपण हुनेछ। स्पेस डटकमले ब्लू ओरिजिनको सौजन्यमा प्रक्षेपणको प्रत्यक्ष प्रसारण गर्ने बताएको छ।
यो मिशन १९६३ पछि पहिलो पटक सबै महिलाहरूले भरिएको अन्तरिक्ष यात्रा हुनेछ। सो वर्ष, सोभियत संघले एक्लै अन्तरिक्ष गएकी महिलासहितकी पहिलो अन्तरिक्ष यात्री भालेन्टिना टेरेश्कोभालाई कक्षमा पठाएको थियो। एनएस-३१ मा निम्न ६ जना महिला यात्रु सवार हुनेछन्।
ऐशा बोवे
पूर्व नासा रकेट वैज्ञानिक ऐशा बोवेले मिशिगन विश्वविद्यालयबाट एयरोस्पेस इन्जिनियरिङमा स्नातक र स्पेस सिस्टम इन्जिनियरिङमा स्नातकोत्तर गरेकी हुन्। उनी अहिले स्टेमबोर्ड नामक इन्जिनियरिङ कम्पनीकी सीईओ हुन्, जसले विभिन्न सरकार तथा संस्थाहरूसँग काम गर्छ।
उनले लिङ्गो नामक स्टेम शिक्षासम्बन्धी प्रविधि कम्पनीको स्थापना गरेकी हुन्। उनी नेशनल सोसाइटी अफ ब्ल्याक इञ्जिनियर्स र अमेरिकन इन्स्टिच्युट अफ एरोनौटिक्स एण्ड एस्ट्रोनौटिक्सकी सदस्य हुन्। बोवेले नासा इञ्जिनियरिङ अनर अवार्ड, स्टेम फर हर वुमन अफ द इयर र ब्ल्याक इन्टरप्राइज ल्युमिनरी अवार्ड जस्ता सम्मानहरू पाएकी स्पेस डटकमले उल्लेख गरेको छ।
केरियन फ्लिन
प्रोड्युसर केरियन फ्लिनले विभिन्न वृत्तचित्र र फिल्महरूमा काम गरेकी छन्, जसमा २०१८ को दिस चेञ्जेस एभ्रिथिङ (हलिउडमा महिलाहरूको इतिहास) र २०२४ को लिल्ली (न्यायपूर्ण तलबको पक्षमा आवाज उठाउने लिली लेडबेटरको जीवनमा आधारित) पर्दछन्।
उनी न्यूयोर्कस्थित विभिन्न विद्यालय र संस्थाहरूमा बोर्ड सदस्य र स्वयंसेवीका रूपमा पनि संलग्न रहेकी छन्। अन्तरिक्ष यात्रा प्रतिको उनको चासो पुरानो हो। उनले पहिला भर्जिन ग्यालेक्टिकमार्फत अन्तरिक्ष भ्रमणको दर्ता गरेकी थिइन्। उनले २०२१ मा भनेकी थिइन्, “अन्तरिक्षबाट पृथ्वी फर्केर हेर्ने अनुभव अद्भूत हुनेछ। म यही कुरामा सबैभन्दा धेरै उत्साहित छु।”
अमाण्डा न्युयेन
हावर्ड विश्वविद्यालयबाट स्नातक गरेकी अमाण्डा न्युयेन अहिले बायोएस्ट्रोनटिक्स अनुसन्धान वैज्ञानिकका रूपमा काम गरिरहेकी छन्। उनी हार्भर्ड सेन्टर फर एस्ट्रोफिजिक्स, एमआईटी, नासा र इन्टरनेशनल इन्स्टिच्युट फर एस्ट्रोनौटिकल साइन्सेजमा कार्य गरिसकेकी छन्।
यौन हिंसाबाट बाँचेकाहरूको पक्षमा आवाज उठाउने अभियन्ता अमाण्डा न्युयेन नोबेल शान्ति पुरस्कारको मनोनयनमा परेकी थिइन् र टाइम म्यागाजिनले उनलाई ‘ वुमन अफ द इयर’ को उपाधि दिएको थियो।
यो अन्तरिक्ष मिशनमा सहभागी भएर उनी अन्तरिक्ष यात्रा गर्ने पहिलो भियतनामी र दक्षिणपूर्वी एसियाली महिला बन्नेछिन्। उनको आत्मकथा सेभिङ फाइभ: अ मेमोइर अफ होप गत महिना एयूडब्लूए बूक्सबाट प्रकाशित भएको थियो।
गेल किङ
पुरस्कृत प्रसारण पत्रकार र मिडिया व्यक्तित्व गेल किङको करिअर रेडियो, टेलिभिजन र प्रिन्ट मिडियामा ४० वर्षभन्दा लामो समयसम्म फैलिएको छ। उनी “सीबीएस दिस मर्निङ” को सह-प्रस्तोता हुन् र “ओ, द ओप्रा म्यागाजिनकी एडिटर-एट-लार्ज पनि हुन्।
उनले साइरियसएक्सएममा “गेल किङ इन द हाउस ” नामक रेडियो शो होस्ट गर्छिन्। उनलाई तीनवटा एम्मी पुरस्कार प्राप्त भएका छन् र २०१८ मा अमेरिकन वुमन इन रेडियो एण्ड टेलिभिजनबाट उत्कृष्ट रेडियो टक शोका लागि ग्रेसी अवार्ड पनि पाएकी थिइन्।
टाइम म्यागाजिनले २०१९ मा उनलाई “१०० प्रभावशाली व्यक्तिहरू” मा सूचीकृत गरेको थियो। किङले १९७६ मा युनिभर्सिटी अफ मेरिल्याण्डबाट मनोविज्ञानमा स्नातक गरेकी हुन्।
केटी पेरी
११५ अर्ब स्ट्रीमका साथ पप गायिका केटी पेरी सबैभन्दा धेरै बिक्री हुने संगीत कलाकारमध्ये एक हुन्। उनले २०१० मा पहिलो एल्बम सार्वजनिक गरेकी थिइन् र त्यसपछि क्यापिटोल रेकर्ड्स अन्तर्गत ६ वटा एल्बमहरू रेकर्ड गरेकी छिन्, जसको १.९ करोड प्रति बिक्री भएको थियो। उनको पछिल्लो एल्बम गत वर्ष सार्वजनिक भएको थियो।
च्यारिटीतिर समर्पित पेरीले फायरवर्क फाउण्डेशन स्थापना गरेकी छन् र यूनिसेफकी गुडविल एम्बेस्डर पनि हुन्। उनलाई १३ पटक ग्रामी अवार्डमा मनोनयन गरिएको छ र २०१२ मा बिलबोर्डले उनलाई ‘वुमन अफ द इयर’ घोषित गरेको थियो।
लरेन सान्चेज
लेखिका र पत्रकार लरेन सान्चेजले केसीओपी-टीभीजस्ता समाचार च्यानलमा एंकरको रूपमा काम गरेकी छन्, जुन १९९९ मा एम्मी पुरस्कार विजेता टिम थियो। सान्चेज एक प्रमाणित हेलिकप्टर पाइलट पनि हुन् र उनले ब्ल्याक ओप्स एभियशन नामक पहिलो महिला-स्वामित्व तथा सञ्चालनमा रहेको हवाई फिल्म तथा प्रोडक्सन कम्पनी स्थापना गरेकी छन्।
सन् २०१६ मा उनी ब्लू ओरिजिन र अमेजनका संस्थापक जेफ बेजोससँग इन्गेज भएकी थिइन्। सान्चेजको पहिलो बालसाहित्य पुस्तक द फ्लाई हु फ्लू टु द स्पेस सन् २०२४ मा प्रकाशित भएको थियो, जुन न्यूयोर्क टाइम्स र यूएसए टुडेको बेस्टसेलर बनेको थियो।
प्रकाशित: ३० चैत्र २०८१, शनिबार