गुगलले ट‍ेड कार्यक्रममा प्रोटोटाइप स्मार्ट ग्लासेस प्रदर्शन गर्यो

Technology Khabar ३० चैत्र २०८१, शनिबार

काठमाडौं ।

गत वर्ष डिसेम्बरमा, भीआर र एआर हेडसेटहरूको लागि ओएस ‘एन्ड्रोइड एक्सआर’ को घोषणा गरेको गुगलले त्यसपछि जनवरीमा, एचटीसीको भाइभ एक्सआर टोलीलाई अधिग्रहण गरेको थियो। धेरै चीजहरूको निर्माण गरिरहेको कम्पनीले ती मध्ये एक हालै भ्यानकुभरमा आयोजित ट‍ेड कार्यक्रममा प्रदर्शन गरेको छ।

कार्यक्रममा एन्ड्रोइड एक्सआरका प्रमुख शाहराम इजादीले उक्त प्रोटोटाइप स्मार्ट ग्लासेस लगाएर उपस्थित भएका थिए। यो स्मार्ट ग्लास भीआर ग्लास नभएको र तिनीहरूमा साना डिस्प्लेहरू समावेश गरिएको बताइएको छ जसले पारदर्शी ग्लासको माथि ग्राफिक्स ओभरले गर्न सक्ने उल्लेख गरिएको छ।

स्मार्ट ग्लासेसलाई फोनमा जडान गरेर गुगलको जेमिनी एआईमार्फत चलाउन सकिने बताइएको छ। इजादीले स्टेजमा उक्त प्रोटोटाइप स्मार्ट ग्लासेसमार्फत फारसीबाट अंग्रेजीमा प्रत्यक्ष अनुवाद, पुस्तक स्क्यानिङ र अन्य प्रयोगहरू प्रदर्शन गरेका थिए।

यस बिन्दुमा स्मार्ट ग्लासेसको विवरणहरूको बारेमा स्पष्ट जानकारी उपलब्ध नभएको उल्लेख गरिएको छ। ग्लासेसको पातलोपना (स्लिमनेस) र हल्का तौल दीर्घकालीन आरामको लागि महत्त्वपूर्ण मानिने गरिन्छ भने गणनाको सन्दर्भमा धेरैजसो भारी लिफ्टिङ सम्पूर्ण रुपमा फोनले नै गर्ने जस्तो देखिन्छ भनि उल्लेख गरिएको छ।

गुगलले सामसङसँगको साझेदारीमा एक्सआर ग्लासेसमा पनि काम गरिरहेको उल्लेख छ। दुई कम्पनी बीचको साझेदारीको उक्त प्रोजेक्ट मुहान डिभाइस सम्भवतः “ग्यालेक्सी एक्सआर” को रूपमा बिक्री गरिने उल्लेख गरिएको छ। ग्लासेसमा ग्राफिक्स ओभरले गर्नुको सट्टा, यी ग्लासेसहरूले पासथ्रु भिडियोको लागि क्यामराहरू प्रयोग गर्नेछन् जसले प्रयोगकर्तालाई बाहिरी संसार हेर्न र अन्तक्र्रिया गर्न अनुमति दिनेछ। त्यसैगरी यसले मल्टिपल (धेरैवटा) भर्चुअल कम्प्युटर मनिटरहरू जस्ता जटिल ग्राफिक्सहरू प्रस्तुत गर्न सक्ने बताइएको छ। यी सबै टीईडी कार्यक्रममा प्रदर्शन गरिएको उल्लेख छ।

सामसङ ग्यालेक्सी एक्सआर ग्लासेसहरू यस वर्षको उत्तरार्धमा उपलब्ध हुने रिपोर्ट गरिएको छ भने यसको मूल्य लगभग २,५०० अमेरिकी डलर हुन सक्ने बताइएको छ। त्यसैगरी सामसङले अर्को ग्लासेसहरूमा पनि काम गरिरहेको बताइएको छ जुन यो ग्लासेससँगै लन्च हुन सक्ने उल्लेख गरिएको छ। गुगलको ग्लासेस कहिले तयार हुनेछ भन्ने बारेमा भने कुनै जानकारी उपलब्ध नभएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: ३० चैत्र २०८१, शनिबार

तपाइको प्रतिक्रिया