
काठमाडौं ।
नेपालमा पछिल्लो महिना अर्थात् फागुनभरी मोबाइल मार्फत हुने बैंकिङ कारोबारको सङ्ख्या र रकम बढेको पाइएको छ। यो प्रवृत्ति मंसिरदेखि यता निरन्तर बढ्ने क्रममा रहेको छ।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/२०८२ को आठौं महिना फागुनसम्मको मासिक भुक्तानी प्रणाली सूचक अनुसार मोबाइल बैंकिङ कारोबार र रकम दुवैमा लागातार चौथो महिना बढोत्तरी भएको पाइएको हो।
आर्थिक वर्ष २०८०/८१ को मंसिरबाट पौष महिनासम्म पुग्दा कारोबार सङ्ख्यामा १५ लाख ४१ हजार ७६८ ले बढेर ४ करोड ८९ लाख ८८ हजार ७१६ पुगेको थियो। यसैगरी कारोबार रकम ९ अर्ब ५४ करोड १० लाख रुपैयाँले बढेर ३ खर्ब ९८ अर्ब ३८ करोड २० लाख पुगेको थियो।
कारोबार रकम तथा सङ्ख्यामा देखिएको यो बढोत्तरीले माघ महिनामा पनि निरन्तरता पायो। पौषबाट माघसम्म पुग्दा मोबाइल बैंकिङमार्फत् हुने कारोबार सङ्ख्यामा १५ लाख ४१ हजार ७६८ बढेर ५ करोड ९ लाख ८४ हजार २२ पुग्यो।
यसैगरी कारोबार रकम पनि पौष महिनामा ३ खर्ब ९८ करोड ३८ लाख २० हजार रहेकामा माघ महिनासम्म आइपुग्दा ९ अर्ब ५५ करोडले बढेर समग्रमा ४ खर्ब ७ करोड ९३ लाख २० हजार हजार रुपैयाँ पुगेको प्रतिवेदनले देखाएको छ।
यसै क्रममा माघबाट फागुनमा जाँदा कारोबार सङ्ख्या २ लाख २८ हजार ७२६ बढेर समग्रमा ५ करोड १२ लाख ३२ हजार ७४८ पुगेको छ। यसैगरी कारोबार रकममा पनि उल्लेख्य ७ अर्ब ८५ करोड ३० लाख रुपैयाँले बढेर मोबाइल बैंकिङमार्फत् हुने कारोबार रकम समग्रमा ४ खर्ब १५ अर्ब ७८ करोड ५० लाख पुगेको छ।
प्रकाशित: ३० चैत्र २०८१, शनिबार