फ्रान्सले उच्च माध्यमिक विद्यालयहरूमा मोबाइल फोन प्रयोगको प्रतिबन्ध कडा पार्दै

Technology Khabar ३० चैत्र २०८१, शनिबार

फ्रान्सले उच्च माध्यमिक विद्यालयहरूमा मोबाइल फोन प्रयोगको प्रतिबन्ध कडा पार्दै

काठमाडौं ।

फ्रान्सले माध्यमिक विद्यालयहरूमा मोबाइल फोन प्रयोगको प्रतिबन्धलाई थप कडाइका साथ लागू गर्ने भएको छ। कडा प्रतिबन्धसँगै ११ देखि १५ वर्ष उमेरका विद्यार्थीहरूले विद्यालयमा प्रवेश गरेपछि आफ्नो डिभाइसहरू झोला वा लकरमा बन्द गरेर राख्नु पर्ने भएको छ। विद्यालयबाट बाहिर निस्किएपछि तिनीहरूले आफ्नो फोन फेरि प्रयोग गर्न पाउने बताइएको छ।

विदेशी मिडियाका अनुसार, शिक्षामन्त्रीले सेप्टेम्बरदेखि, सबै फ्रान्सेली माध्यमिक विद्यालयहरूमा विद्यार्थीहरूले स्कूलमा रहँदा दिनभरि आफ्नो फोनबाट पूर्ण रूपमा अलग/टाढा रहनुपर्ने उनको चाहना रहेको छ भनि सिनेटलाई बताएको टेलिग्राफले रिपोर्ट गरेको छ।

“यसको धेरै हानिकारक प्रभावहरूका कारण तिनीहरू(फोन)को प्रयोगमा व्यापक रूपमा प्रश्न उठिरहेको बेला, यो उपाय स्कूलमा हाम्रा बच्चाहरूको कल्याण र सफलताको लागि आवश्यक छ” एलिजाबेथ बोर्नले भनिन्।

फ्रान्सले सन् २०१८ देखि कलेज भनेर चिनिने सबै माध्यमिक विद्यालयहरूमा विद्यार्थीहरू(बच्चाहरू) लाई मोबाइल फोन प्रयोग गर्न प्रतिबन्ध लगाएको थियो।

यसको अर्थ स्कूलको समयमा फोनहरू झोलामा बन्द गरेर राख्नुपर्ने र रिरेसको समयमा समेत स्कूलको मैदानमा कतै पनि प्रयोग गर्न नसकिने उल्लेख गरिएको छ।

फोनहरूको प्रयोगमा लगाइएको प्रतिबन्धले विद्यार्थीहरूमा बढी सामाजिक अन्तरक्रिया, बढी शारीरिक व्यायाम, बुलिइङ (धम्की) कम हुनुका साथै एकाग्रता राम्रो भएको भन्दै विद्यालयहरूले सकारात्मक प्रभावको बारेमा रिपोर्ट गरेका छन्।

तर केही बच्चाहरू भने रिसेस (छोटो ब्रेक) को समयमा शौचालयमा लुकरे आफ्नो फोनमा भिडियो हेर्ने गरेको केही विद्यालयहरूले रिपोर्ट गरेका छन्।

अब स्कूलको समयमा दिनभरि नै बच्चाहरूलाई उनीहरूको डिभाइसहरूबाट पूर्ण रूपमा अलग गरेर अझ अगाडि बढ्नु पर्ने आवश्यकताको बारेमा फ्रान्सेली सरकारले उल्लेख गरेको बताइएको छ।

फ्रान्सेली सरकारले भन्ने गरेको यो अनिवार्य “डिजिटल ब्रेक” विगत ६ महिनादेखि लगभग १०० माध्यमिक विद्यालयहरूमा पाइलट योजनाको रुपमा परीक्षण गरिएको बताइएको छ। जस अनुसार विद्यार्थीहरूले विद्यालयमा आइपुगेपछि आफ्नो फोन लकर वा बक्समा राख्ने, वा विशेष झोलामा राख्ने र घर जाँदा स्कूलको ढोकामा इलेक्ट्रोनिक प्रणालीद्वारा मात्र फोनलाई अनलक गर्न सकिनेछ भनि टेलिग्राफले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: ३० चैत्र २०८१, शनिबार

तपाइको प्रतिक्रिया

ताजा समाचार