एआई मोडललाई डाटासँग जोड्न एन्थ्रोपिकको प्रोटोकल अपनाउने तयारीमा गुगल

Technology Khabar २९ चैत्र २०८१, शुक्रबार

काठमाडौं ।

ओपनएआईले प्रतिस्पर्धी कम्पनी एन्थ्रोपिक को प्रोटोकल अपनाउने निर्णय गरेको केही हप्तामै अब गुगलले पनि त्यसैको पछ्याउँदैछ।

बुधबार एक्स मा पोस्ट गर्दै गुगल डीपमाइण्ड का सीईओ डेमिस हसाबिसले गुगलले एन्थ्रोपिक को मोडल कोन्टेएक्स प्रोटोकल (एमसीपी) लाई आफ्नो जेमिनी मोडल र एसडीकेमा समर्थन दिने बताएका छन्। यद्यपि, उनले यो कहिले लागू हुनेछ भन्ने बारे समयसीमा उल्लेख गरेका छैनन्।

“एमसीपी एउटा राम्रो प्रोटोकल हो र यो एआई एजेन्टिक युगको खुला मापदण्ड बन्दै गएको छ,” हसाबिसले लेखेका छन्। “हामी यसलाई एमसीपी टोली र अन्य उद्योग साझेदारहरूसँग मिलेर अझ विकास गर्न उत्साहित छौं।”

टेकक्रञ्चका अनुसार एमसीपी को माध्यमबाट एआई मोडेलहरूले व्यापारिक उपकरणहरू, सफ्टवेयर, सामग्री भण्डारण प्रणाली, र एप विकास वातावरणबाट डाटा ल्याएर कार्यहरू पूरा गर्न सक्छन्। यसले डेभलपरहरूलाई डाटा स्रोत र च्याटबटजस्ता एआई एपहरूबीच दुई-तर्फी कनेक्सन बनाउन सक्षम बनाउँछ।

डेभलपरहरूले एमसीपी सर्भरमार्फत डाटा सार्वजनिक गर्न सक्छन् र एप्स वा वर्कफ्लो जस्ता एमसीपी क्लाइन्ट तयार गर्न सक्छन्, जुन सर्भरसँग आदेश दिँदा जडान हुन्छन्।

एन्थ्रोपिकले एमसीपी लाई खुला स्रोत बनाएपछि ब्लक, एपोलो,रेप्लिट, कोडियम र सोर्सग्राफजस्ता कम्पनीहरूले आफ्ना प्लेटफर्ममा यस प्रोटोकलको समर्थन थपिसकेका छन्।

प्रकाशित: २९ चैत्र २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया