एप्पल भिजन प्रो २ यस वर्ष आउने, कम्पोनेन्टहरूको उत्पादनको थालनी

Technology Khabar २९ चैत्र २०८१, शुक्रबार

काठमाडौं ।

एप्पलको भिजन प्रोले राम्रो बिक्री गर्न नसकेको हुनाले बिक्रीको हिसाबले यो डिभाइस फ्लप सावित भएको छ। कम्पनीले अब डिभाइसको अपग्रेडमा काम गरिरहेको बताइएको छ जुन यस वर्षको अन्त्यसम्ममा आउने अनुमान गरिएको छ।

यस डिभाइसको प्यानल, हाउजिङ र सर्किटरी सहित प्रमुख कम्पोनेन्टहरू एप्पलका हार्डवेयर साझेदारहरूमा ठूलो मात्रामा उत्पादनको लागि प्रवेश गरिसकेका छन्। केही आपूर्तिकर्ताहरू अर्डरहरू पूरा गर्न “हतार” गरिरहेको बताइएको छ।

एप्पलले गत वर्ष अवस्थित भिजन प्रोको उत्पादन घटाएको र सन् २०२४ को अन्त्यसम्ममा यसलाई पूर्ण रूपमा बन्द गर्ने योजना रहेको रिपोर्ट गरिएको छ। सम्भवतः कम्पनीले नयाँ लन्च नभएसम्म बिक्री गर्न पर्याप्त एकाइहरू बनाइसकेको हुन सक्ने उल्लेख गरिएको छ।

एप्पलको धेरै सुधारिएको भिजन प्रोको काम रोकिएको र अहिलेको लागि सुधारिएको अपग्रेड बाहेक अन्य जानकारी उपलब्ध नभएको उल्लेख गरिएको छ। अघिल्ला अफवाहहरू अनुसार, यसको भौतिक डिजाइनमा सीमित परिवर्तनहरूका साथ यो डिभाइस आउने अपेक्षा गरिएको छ। डिभाइस भित्र भने एउटा नयाँ एम५ चिप हुने बताइएको छ जुन सायद यसमा एक मात्र मुख्य अपग्रेडको रुपमा रहने जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: २९ चैत्र २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया