ट्रम्पले शीन र टेमुले प्रयोग गर्ने चिनियाँ ‘डी मिनिमिस’ प्याकेजमा लाग्ने शुल्क तीन गुणा बढाए

  • Technology Khabar | २७ चैत्र २०८१, बुधबार
ट्रम्पले शीन र टेमुले प्रयोग गर्ने चिनियाँ ‘डी मिनिमिस’ प्याकेजमा लाग्ने शुल्क तीन गुणा बढाए

काठमाडौं ।

ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् जसले अन्तर्राष्ट्रिय हुलाक प्रणाली मार्फत चीनबाट अमेरिका निर्यात गरिएका कम मूल्यका प्याकेजहरूमा पहिले घोषणा गरिएको भन्सार दरलाई तीन गुणा बढाएको छ।

नयाँ आदेशले विशेषगरी चिनियाँ ईकमर्श कम्पनीहरु शीन र टेमुलाई धेरै असर पुर्याउने बताईएको छ।

ट्रम्पले मे २ देखि लागू हुने गरी ८०० डलर भन्दा कम मूल्यका प्याकेजहरूमा प्रारम्भिक भन्सार दर ढुवानीको मूल्यको ३० प्रतिशत वा २५ डलरमा तोकेको छ।

अब, नयाँ दर ढुवानीको मूल्यको ९० प्रतिशत वा ७५ डलर हुनेछ, जुन दर जून १ तारिख पछि बढेर १५० डलर हुनेछ।

यस वर्षसम्म, ८०० डलर भन्दा कम मूल्यका ढुवानीहरू ‘डी मिनिमिस’ प्याकेजहरूलाई भन्सारबाट छुट दिइएको थियो।

यो भन्सार-मुक्त श्रेणीले चिनियाँ अनलाइन मेगा रिटेलर शीन र टेमुलाई धेरै फाइदा पुर्याएको थियो, जसले अन्तर्राष्ट्रिय हुलाकबाट सिधै अमेरिकी ग्राहकहरूलाई सामान पठाउँछन्।

अब दुबै कम्पनीहरुको अमेरिकी बजार बिक्रीमा असर पुग्ने अनुमान गरिएको छ।

प्रकाशित: २७ चैत्र २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...