फोल्डेबल आईफोन अर्को वर्ष आउने अपेक्षाः सुविधाहरू बारे अहिलेसम्मका सबै अफवाहहरू

Technology Khabar २७ चैत्र २०८१, बुधबार

काठमाडौं ।

एप्पलले अर्को वर्ष नयाँ फोल्डेबल आईफोन लन्च गर्ने अपेक्षा गरिएको छ। धेरै अफवाह र भरपर्दो स्रोतहरूले अर्को वर्ष एप्पलको नयाँ फोल्डेबल आईफोन आउने संकेतको बारेमा उल्लेख गरेका हुन्।

यो बहुप्रतिक्षित डिभाइसको बारेमा वर्षौंदेखि चर्चा चलिरहेको छ र सन् २०२६ वास्तवमा नै एप्पलले आफ्नो पहिलो फोल्डेबल डिभाइस जारी गर्ने वर्ष हुन सक्छ भनि बढ्दो रूपमा अफवाहहरूले सुझाव दिइरहेका छन्।

ब्लूमबर्गका मार्क गर्मनले एप्पलको फोल्डेबल आईफोनको स्टायल (शैली) सामसङको ग्यालेक्सी जेड फोल्डसँग मिल्दोजुल्दो भएको बताएका छन् जसले बुक–स्टायल (पुस्तक–शैली) को फोल्डिङ ङेकानिजम (संयन्त्र) प्रयोग गर्दछ।

डिस्प्ले

फोल्ड गर्दा, फोल्डेबल आईफोनको बाह्य स्क्रिन सामान्य आईफोनको स्क्रिन जस्तै १३–सेन्टिमिटरको हुने बताइएको छ भने यसलाई अनफोल्ड गर्दा (खोल्दा) १९–सेन्टिमिटरको ठूलो आईप्याड–शैलीको स्क्रिन देखा पर्नेछ।

म्याटेरियल

फोल्डेबल आईफोनमा टाइटेनियम चेसिसका साथै टाइटेनियम र स्टेनलेस स्टील जस्ता सामग्रीको संयोजन रहेको विदेशी मिडियाले बताएको छ।

क्यामरा

फोल्डेबल आईफोनमा फ्रण्ट–फेसिङ क्यामराको साथ डुअल–लेन्स रियर क्यामरा हुने अपेक्षा गरिएको छ।

फेस आईडी

फोनले फेस आईडीको सट्टा अब टच आईडी साइड बटन प्रयोग गर्ने उल्लेख गरिएको छ। एप्पलले यसअघि आईप्याड, आईप्याड एयर र आईप्याड मिनीको साइड बटनमा टच आईडी एकीकृत गरिसकेको छ।

ब्याट्री लाइफ

फोनले उच्च–घनत्व ब्याट्रीहरू प्रयोग गर्ने बताइएको छ भने एप्पलको आगामी अल्ट्रा–थिन आईफोन १७ एयरमा पनि उही ब्याट्रीहरू प्रयोग हुने विश्वास गरिएको छ।

मूल्य

फोल्डेबल आईफोनको मूल्य २,००० अमेरिकी डलर देखि २,५०० अमेरिकी डलर सम्म हुनेछ, जसले यसलाई अहिलेसम्मकै सबैभन्दा महँगो आईफोन बनाउन सक्छ भनि धेरै रिपोर्टहरूले सुझाव दिएको उल्लेख छ।

लन्च मिति

हाल फोल्डेबल आईफोनको ठ्याक्कै लन्च हुने मितिको बारेमा थाहा नभए पनि सन् २०२६ को उत्तरार्धमा ठूलो मात्रामा उत्पादन गर्ने योजना रहेको टेलिग्राफले उल्लेख गरेको छ।

प्रकाशित: २७ चैत्र २०८१, बुधबार

तपाइको प्रतिक्रिया