‘एटी अलर्ट’ नामक शर्टकोडबाट आएको एसएमएस हामीले पठाएका होइनौं, क्लिक नगर्नुस्, : ईसेवा

  • Technology Khabar | २६ चैत्र २०८१, मंगलवार
‘एटी अलर्ट’ नामक शर्टकोडबाट आएको एसएमएस हामीले पठाएका होइनौं, क्लिक नगर्नुस्, : ईसेवा

काठमाडौं ।

अनलाइन भुक्तानी सेवा प्रदायक ईसेवाले एटी अलर्ट नामक शर्टकोडबाट आफ्ना ग्राहकहरुलाई भ्रामक एसएमएस आइरहेको अवगत गराउँदै यस्ता एसएमएसमा विश्वास नगर्न आग्रह गरेको छ। कम्पनीले आज एक सूचना प्रकाशित गरी यस्ता एसएमएसहरु आफूहरुले नपठाएको र कुनै पनि लिंकमा क्लिक नगर्न पनि अनुरोध गरेको छ।

‘यी सन्देशहरू इसेवाबाट पठाइएका होइनन् र यस्ता भ्रामक सन्देशको पछि लागेर कुनै पनि लिंकमा क्लिक नगर्न तथा आफ्नो व्यक्तिगत वा वित्तीय विवरण प्रदान नगर्न अनुरोध गरिन्छ’,सूचनामा उल्लेख छ।

कम्पनीका अनुसार ईसेवाबाट आउने सम्पूर्ण एसएमएस नोटिफिकेशनहरू ईसेवा, ईसेवा अलर्ट,३२१३१, ३२१२१ मार्फत मात्र आउने र ईसेवाले कहिले पनि ग्राहकहरुको ओटीपी तथा मेन पासवर्डजस्ता संवेदनशील जानकारी नमाग्ने प्रस्ट पारेको छ।

प्रकाशित: २६ चैत्र २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...