Technology Khabar २६ चैत्र २०८१, मंगलवार
काठमाडौं ।
विश्वप्रसिद्ध वैज्ञानिक तथा लेखक डा. हाइके बिएलेक (Dr. Heike Bielek) र कोलिन पावर (Colin Power) भोलि चैत २७ गते बुधबार नेपाल आउने भएका छन्।
उनी काठमाडौँमा नेपालका वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूसँग विशेष अन्तरक्रिया गर्न आउँन लागेको बताइएको छ जसमा नेपाली वैज्ञानिक आरिफ अलि पनि सामेल हुनेछन्।
वैज्ञानिक खोज तथा नवीन सोचका अगुवा डा बिएलेक बायोलोजीमा पीएचडी प्राप्त वैज्ञानिक तथा अनुसन्धानकर्ता हुन्, जसले ज्यामिति, आणविक संरचना, र बहुआयामिक विज्ञान अध्ययनलाई सरल बनाउन नवीन विधिहरू विकास गरेकी छिन्।
कोलिन पावर संख्या प्रणाली र ज्यामितीय संरचनामा विशेष योगदान दिएका गणितज्ञ हुन्। उनले नयाँ संख्यात्मक सिद्धान्त पत्ता लगाएका छन्, जसले गणित र विज्ञान शिक्षालाई नयाँ आयाम दिएको छ।
उनीहरूले संयुक्त रूपमा इन२इन्फिनिटी (In2Infinity) संस्था स्थापना गरी एटोमिक जीयोमेट्री, फ्याक्चल केमिस्ट्री र डामेन्सनल साइन्स जस्ता अवधारणाहरू विकास गरेका छन्।
प्रसिद्ध पुस्तकका लेखक उनीहरू हेलो जीयोमेट्री (Hello Geometry) र द जीयोमेट्रीक युनिभर्सः बियोन्ड स्पेस एण्ड टाइम (The Geometric Universe : Beyond Space and Time) जस्ता चर्चित पुस्तकका लेखकहरू हुन्, जसले विज्ञान, कला, र चेतनासँग जोडिएको नयाँ दृष्टिकोण प्रस्तुत गर्छ।
प्रकाशित: २६ चैत्र २०८१, मंगलवार