Technology Khabar २६ चैत्र २०८१, मंगलवार
काठमाडौं ।
ह्वाट्सएपले एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि नयाँ अडियो र भिडियो कलिङ विकल्पहरूको परीक्षण सुरु गरेको र गोपनीयतालाई थप सुधार गर्ने सुविधामा पनि काम गरिरहेको छ।
पहिलो फङ्गसनको रुपमा रहेको “म्यूट” बटनले प्रयोगकर्ताहरूलाई माइक्रोफोन बन्द गरेर कलको जवाफ दिन अनुमति दिनेछ। यो कत्तिको उपयोगी हुनेछ भन्ने कुरा अझै स्पष्ट नभए पनि यो फिचर हो–हल्ला भएको वातावरणमा उपयोगी हुनसक्ने अनुमान गरिएको छ।
ह्वाट्सएपमा रहेको दोस्रो सुविधा भिडियो कलसँग सम्बन्धित छ जसले प्रयोगकर्तालाई कलको जवाफ दिनु अघि क्यामरा बन्द गर्न अनुमति दिनेछ। भिडियो कल गर्न नचाहनेहरूका लागि वा क्यामराको अगाडि देखा पर्नु अघि तयारी गर्नका लागि केही सेकेन्ड चाहिनेहरूलाई यो सुविधा उपयोगी हुनेछ। यसले अज्ञात नम्बरहरूबाट कलहरू प्राप्त गर्दा थप रुपमा गोपनीयता सुरक्षित गर्ने उल्लेख गरिएको छ।
त्यसैगरी तेस्रो सुविधामा भिडियो कलहरूको लागि इमोजी रियाक्सन (प्रतिक्रिया)हरू रहेको छ। प्रयोगकर्ताहरूले कलको समयमा रियल–टाइममा इमोजीहरूका साथ रियाक्ट (प्रतिक्रिया) दिन सक्ने छन्।
यी सुविधाहरू हालका लागि एन्ड्रोइडमा व्हाट्सएपका केही बीटा परीक्षकहरूका लागि उपलब्ध भएको र आगामी हप्ताहरूमा थप प्रयोगकर्ताहरूलाई रोल आउट गरिने टेलीग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: २६ चैत्र २०८१, मंगलवार