टेस्लाको बिक्री सन् २०२२ यताकै न्यूनमा झर्यो, मस्कको प्रतिक्रिया गिरावटको मुख्य कारण 

Technology Khabar २६ चैत्र २०८१, मंगलवार

काठमाडौं ।

टेस्लाले सन् २०२५ को सुरुवातमा बिक्री लगभग तीन वर्षमा सबैभन्दा न्यून स्तरमा झरेको खुलासा गरेको छ। विद्युतीय कार निर्माताको वर्षको पहिलो त्रैमासिकमा १३ प्रतिशतले बिक्री घटेको देखिएको छ।

इलेक्ट्रिक कार निर्माताले कम्पनीको मालिक इलन मस्कको विश्वव्यापी आलोचना, यसको मुख्य मोडलको रिडिजाइन र चीनमा कमजोर मागका कारण वर्षको पहिलो त्रैमासिकमा बिक्रीमा १३ प्रतिशतले गिरावट आएको छ।

परिणामस्वरूप पूर्व–बजार व्यापारमा सेयर घटेको उल्लेख गरिएको छ।

बुधबार, कम्पनीले लगानीकर्ताहरूलाई मार्चको अन्त्यसम्मको तीन महिनामा ३३६,६८१ सवारी साधन बिक्री गरेको जानकारी दिएको छ।

यसले सन् २०२२ को दोस्रो त्रैमासिक पछिको सबैभन्दा कमजोर बिक्री प्रदर्शनलाई प्रतिनिधित्व गरेको बताइएको छ।

उद्योग विश्लेषकहरूले अनुमान गरेको लगभग ३९०,००० आंकडाभन्दा पछिल्लो बिक्री आंकडा उल्लेखनीय रूपमा कम भएको थप उल्लेख गरिएको छ। टेस्लाले त्रैमासिकमा कुल ३६२,६१५ सवारी साधन उत्पादन गरेको बताएको छ।

मागलाई उकास्नका लागि कम्पनीले प्रदान गरेको उल्लेखनीय छुट, शून्य वित्तपोषण र अन्य प्रोत्साहनहरूको बाबजुद बिक्रीमा गिरावट आएको बताइएको छ।

कम्पनीको नयाँ मोडल वाई कार उत्पादन गर्नका लागि विश्वभरका फर्मका कारखानाहरूमा गरिएका सुधार/परिवर्तनले गर्दा व्यापारमा ठूलो असर परेको बताइएको छ जसले गर्दा आपूर्तिमा ठूलो अवरोध आएको उल्लेख गरिएको छ।

एक विज्ञप्तिमा, टेक्सास–आधारित कम्पनीले “हाम्रा चारै कारखानाहरूमा मोडेल वाई लाइनहरूको परिवर्तनले पहिलो त्रैमासिकमा धेरै हप्ताको उत्पादन गुमाए पनि, नयाँ मोडेल वाईको र्याम्प राम्रोसँग चलिरहेको छ” भनि बताएको छ।

“हाम्रा सबै ग्राहकहरू, कर्मचारीहरू, आपूर्तिकर्ताहरू, शेयरधारकहरू र समर्थकहरूलाई धन्यवाद जसले हामीलाई यी परिणामहरू प्राप्त गर्न मद्दत गर” कम्पनीले थप उल्लेख गरेको छ।

टेस्लाका प्रमुख कार्यकारी इलन मस्कको अमेरिका र विश्वव्यापी राजनीतिमा संलग्नताको बारेमा विशेष गरी युरोप र एशियामा प्रदर्शन गरिएका विरोध पछि माग पनि कमजोर हुन पुगेको उल्लेख गरिएको छ।

यस हप्ताको सुरुमा चाइना प्यासेन्जर कार एसोसिएसन (सीपीसीए) को तथ्याङ्कले कम्पनीमा टेस्लाको बिक्री वषिर्क दर लगभग ११.५ प्रतिशतले घटेको देखाएको उल्लेख छ।

हारग्रीभ्स ल्यान्सडाउनका वरिष्ठ इक्विटी विश्लेषक म्याट ब्रिट्जम्यानले भनेः “यसलाई सुगरकोट (कुनै तथ्य÷कुरालाई वास्तवमा भन्दा बढी सकारात्मक वा सुखद देखाउने कार्य) गर्ने कुनै उपाय छैन, टेस्लाको पहिलो–त्रैमासिकको डेलिभरी संख्या निराशाजनक छ, र धेरै लगानीकर्ताहरू पहिले नै यो आशा गरिरहेका थिए।”

“गत वर्षको तुलनामा आएको यो गिरावट कुनै आश्चर्यको कुरा होइन, तर स्केल धेरैले अपेक्षा गरेको भन्दा खराब छ” भनि उनले थप बताएको इन्डिपेन्डेन्टले उल्लेख गरेका छ।

प्रकाशित: २६ चैत्र २०८१, मंगलवार

तपाइको प्रतिक्रिया