Technology Khabar २५ चैत्र २०८१, सोमबार
काठमाडौं ।
भारतको दूरसञ्चार विभाग (डीओटी) ले यस वर्ष कुनै समयमा फाइभजी सेवाहरूको योजनाबद्ध सुरुवातको लागि टेलिकमलाई तयार पार्न सरकारी स्वामित्वको टेलिकम कम्पनी भारत संचार निगम लिमिटेड (बीएसएनएल) लाई ६१० अर्ब रुपैयाँ बराबरको ५जी स्पेक्ट्रम प्रदान गरेको छ।
ईटीटेलिकमले गत साता रिपोर्ट गरेअनुसार डीओटीले फाइभजी प्रयोगको लागि बीएसएनएललाई ७०० मेगाहर्ज, ३३०० मेगाहर्ज र २६ गीगाहर्ज ब्यान्डमा स्पेक्ट्रम बितरण गरेको छ। आधिकारिक लन्चिङ्ग मितिको बारेमा कुनै समयसीमा जारी गरिएको छैन, तर बीएसएनएलले अन्य सिमित शहरहरूमा सेवा विस्तार गर्नु अघि दिल्लीबाट फाइभजी सुरु गर्ने बताइएको छ।
भारतीय सञ्चार राज्यमन्त्री पेम्मासनी चन्द्र शेखरले संसदलाई बताएअनुसार बीएसएनएलले मार्च ८ सम्म देशभर लगभग ८४ हजार फोरजी बेस स्टेशन साइटहरू (योजनाबद्ध १००,००० मध्ये) तैनाथ गरेको छ, जसमध्ये ७४,५०० भन्दा बढी मात्र सक्रिय छन्।
रिपोर्टअनुसार, बीएसएनएलको सबै ४जी नेटवर्कले यसको गैर-स्ट्यान्डअलोन ५जी सुरुवातको लागि जग प्रदान गर्नेछ, किनकि सबै आधार स्टेशनहरू फाइभजीमा अपग्रेड गर्न योग्य छन्।
बीएसएनएलले २०२४ को अन्त्यसम्ममा दिल्ली, मुम्बई, कोलकाता र चेन्नईमा साथै धेरैजसो राज्य राजधानीहरूमा ४जी सेवाहरू सुरु गरिसकेको छ। टेलिकमले जुन २०२५ सम्ममा सबै सर्कलहरूमा फोरजी प्रदान गर्ने लक्ष्य राखेको छ।
बीएसएनएलको ५जी रोलआउटको लागि कोषको समस्या हुनेछैन, किनकि सरकारले फेब्रुअरीमा जारी गरिएको ६० अर्ब भारु कोष प्याकेज मार्फत निकट भविष्यमा टेलिकमको पूँजीगत खर्च कभर गर्न पर्याप्त कोष प्रदान गरेको सरकारी अधिकारीहरूले बताएका छन। ५जी तैनाथी सुरु भएपछि सरकारले थप कोष प्रदान गर्ने रिपोर्टमा भनिएको छ।
बीएसएनएलले दिल्लीमा ९०० मेगाहर्ज र ३३ मेगाहर्ज ब्यान्डहरू प्रयोग गरेर १,८७६ साइटहरूमा स्ट्यान्डअलोन ५जी सुरु गर्ने योजना पनि बनाएको छ।
प्रकाशित: २५ चैत्र २०८१, सोमबार