मंगलबारदेखि पोखरामा ५० दिने माइक्रोसफ्ट एआई स्किल फेस्ट आरम्भ हुँदै, यसरी सहभागी हुनुहोस्

  • Technology Khabar | २५ चैत्र २०८१, सोमबार
मंगलबारदेखि पोखरामा ५० दिने माइक्रोसफ्ट एआई स्किल फेस्ट आरम्भ हुँदै, यसरी सहभागी हुनुहोस्

काठमाडौं ।

यही अप्रिल ८ अर्थात् भोलि चैत २६ गते पोखराको पोखरा इभेन्ट सेन्टरमा राष्ट्रिय आविष्कार केन्द्रले सञ्चालन गरेको आईसीटी इनोभेशन ल्याब र माइक्रोसफ्टको संयुक्त आयोजनामा माइक्रोसफ्ट एआई स्किल फेस्ट आरम्भ हुने भएको छ। ५० दिनसम्म चल्ने यो स्किल फेस्ट काठमाण्डौं, पोखरा र दाङमा एकैपटक शुरु हुने केन्द्रले जनाएको छ।

केन्द्रका अध्यक्ष महाबिर पुनले आज आफ्नो एक्स एकाउन्टमा कार्यक्रमबारेको भिडियो पोस्ट गर्दै उक्त कार्यक्रममा भाग लिन चाहनेले विस्तृत विवरणका लागि भिडियो हेर्न आग्रह गरेका छन्। यो कार्यक्रम ‘अनलाइन’ पनि हुने उनले बताएका छन्।

उनले एक्समा लेखेका छन्, ‘AI का विद्यार्थीहरुलाई सुवर्ण मौका – पोखरामा राष्ट्रिय आविष्कार केन्द्रले सञ्चालन गरेको ICT Innovation Lab र Microsoft मिलेर सञ्चालन गर्ने 50 दिनको Microsoft AI Skill Festival 2025 मा भाग लिन चाहनेहरुले यो भिडियो हेर्नुहोस्। काठमाण्डु, पोखरा र दाङमा यो कार्यक्रम एकै साथ सुरु हुँदैछ। यो कार्यक्रम online पनि हुन्छ। यसमा Artificial Intelligence (AI) का course हरु सिक्न पाईन्छ।’

माइक्रोिफ्टले विश्वव्यापी रुपमा गरिरहेको यो इभेन्टमा आईटी प्रोफेशनल र विद्यार्थीहरु सहभागी हुन पाउनेछन्। सहभागीहरुले एआईमा करियर काउन्सेलिङ पाउनुका साथै ५० दिनसम्म विभिन्न एआई च्यालेञ्जहरुमा र गिनिज वर्ल्ड रेकर्डमा पनि सहभागी हुन पाउने अवसर पाउने बताइएको छ।

निशुल्क रुपमा आयोजना भइरहेको यो कार्यक्रममा सहभागी हुनका लागि एउटा क्यूआर कोड स्क्यान गरेर वा भिडियोको डेस्क्रिप्सनमा राखिएको दुई वटा फाराम भर्नुपर्ने छ।

प्रकाशित: २५ चैत्र २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार