‘अटोमोबाइल्स एशोसियसन’को अध्यक्षमा प्रिया

  • Technology Khabar | २५ चैत्र २०८१, सोमबार
‘अटोमोबाइल्स एशोसियसन’को अध्यक्षमा प्रिया

काठमाडौं ।

‘बागमती प्रदेश अटोमोबाइल्स एसोसिएसन’को अध्यक्षमा राजन प्रिया निर्वाचित भएका छन्। आज यहाँ सम्पन्न प्रथम साधारणसभाबाट उपाध्यक्षमा रामकुमार शाही ठकुरी र सीता केसी, सचिवमा यज्ञप्रसाद पौडेल र कोषाध्यक्षमा जनककुमार ढकाल निर्वाचित भएका छन्।

त्यसैगरी सदस्यमा पियुष गजुरेल, दिपेशयोगल श्रेष्ठ, लोमश अधिकारी र सुनिता रेग्मी निर्वाचित भएका छन्। सोही निर्वाचित कार्यसमितिले उपाध्यक्षमा राजेन्द्र प्रसाछे, सचिवमा निमेष बर्तौला र सदस्यमा आरुषी थापा र विमल पौडेललाई मनोनित गरेको छ।

साधारणसभाले अटोमोवाइल क्षेत्रको विकास, साहसिक पर्यटन तथा महिला सशक्तिकरणमा क्रियाशिलता बढाउनुका साथै बागमती प्रदेशका अर्थ, यातायात, खेलकुद तथा पर्यटन मन्त्रालयमा नीतिगत सुधारका लागि सुझाव तथा माग पेश गर्ने निर्णयसमेत गरेको छ।-रासस

प्रकाशित: २५ चैत्र २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार