Technology Khabar २५ चैत्र २०८१, सोमबार
काठमाडौं ।
ट्रम्प प्रशासनले चीनमा हालै लगाएको शुल्कबाट बच्नको लागि एप्पलले ब्राजिलमा आफ्नो उत्पादन सुविधा विस्तार गर्ने योजना बनाइरहेको यस विषयमा जानकार स्रोतहरूले उल्लेख गरेका छन्।
ट्रम्पले हालै घोषणा गरेको नयाँ करमा चिनियाँ आयातमा ३४प्र्रतिशत र भारतीयमा २६प्र्रतिशत समावेश छन् भने एप्पल हार्डवेयरका लागि यी दुई महत्त्वपूर्ण बजार हुन्। यसको अर्थ एप्पल उच्च कर तिर्नको लागि बाध्य हुनेछ र त्यसलाई आफ्ना ग्राहकहरूलाई हस्तान्तरण गर्ने बताइएको छ।
ती उच्च शुल्कहरूलाई कम गर्न, कम्पनीले ब्राजिलमा आफ्नो एसेम्बली सुविधा विस्तार गर्ने विचार गरिरहेको उल्लेख गरिएको छ। ब्राजिलले भने केवल १० प्रतिशत आयात करको सामना गरिरहेको उल्लेख छ।
रिपोर्ट अनुसार, एप्पलले सन् २०२४ देखि नै योजना बनाउन थालेको र जस अनुसार एप्पल र फक्सकनले आईफोन १६ एसेम्बल गर्न सकून् भनेर आवश्यक प्रमाणीकरण पहिले नै प्राप्त गरिसकेको उल्लेख छ।
क्युपर्टिनो–आधारित कम्पनीले आफ्नो ब्राजिलियन प्लान्टमा आईफोन १३, १४ र १५ उत्पादन गरिसकेको छ भने अब कम्पनीले आईफोन १६ प्रोसँग उत्पादन विस्तार गर्ने योजना बनाएको उल्लेख छ। यसका लागि केही पुनर्संरचना र लगानी आवश्यक पर्ने बताइएको छ।
यस तरिकाले, एप्पलले स्थानीय माग पूरा गर्दै, शुल्कको ठूलो हिस्साबाट बच्दै केही उत्पादन अमेरिकामा निर्यात पनि गर्नेछ भनि जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: २५ चैत्र २०८१, सोमबार