स्पाम इमेलहरूबाट आफ्नो इनबक्सलाई यसरी जोगाउनुहोस्

Technology Khabar २५ चैत्र २०८१, सोमबार

काठमाडौं ।

अनावश्यक इमेलहरू (स्पाम) धेरै झन्झटिला हुनुका साथै महत्त्वपूर्ण सन्देशहरू स्पाममा गएर बस्दा वा फेला पार्न नसक्दा अवस्था अझ बढि तनावपूर्ण हुन पुग्दछ।

केही सरल कदमहरूका साथ इनबक्सलाई सफा र स्पाम–मुक्त राख्न सकिने टेलिग्राफले रिपोर्ट गरेको छ। तपाईंले जुनसुकै प्रदायक प्रयोग गर्नुभए पनि, प्रत्येक इमेल सेवाको छुट्टै इमेल फोल्डर हुन्छ।

यसले प्रणालीले नचाहिने वा सम्भावित रूपमा खतरनाक ठानेका सन्देशहरूलाई स्वचालित रूपमा फिल्टर गर्दछ। ती सन्देशहरू डिलिट गर्दा (मेटाउँदा) लामो समयसम्मका लागि समस्या समाधान गर्न मद्दत नगर्ने उल्लेख गरिएको छ।

मेसेज डिलिट गर्दा (सन्देश मेटाउँदा) सेवाले यसलाई नचाहिने भनेर मात्र रेकर्ड गर्दछ।

तर तिनीहरुलाई स्पामको रूपमा रिपोर्ट गर्दा, तपाईंले प्रदायकलाई यस प्रकारको सामग्री अनावश्यक (अवांछनीय) छ भनेर जानकारी दिनुहुनेछ र यसरी भविष्यमा यस्तै सन्देशहरू तपाईंको इनबक्समा नपुग्ने सम्भावना बढ्न जान्छ।

त्यसैगरी तपाईंले डिस्काउण्ट (छुट) वा जानकारी प्राप्त गर्न स्टोर (पसल) वा वेबसाइटमा आफ्नो इमेल ठेगाना छोड्नुभएको हुन सक्छ। धेरैजसो अवस्थामा, यसले स्वचालित रूपमा तपाईंलाई तिनीहरूको मेलिङ सूचीमा थप्ने गर्दछ।

यदि तपाईं यी सन्देशहरू प्राप्त गर्न चाहनुहुन्न भने, सदस्यता रद्द गर्नको लागि अनसब्सक्राइब सकिने छ। सामान्यतया अनसब्सक्राइब गर्ने विकल्प इमेलको माथि वा तल प्रायः सानो प्रिन्टमा हुन्छ।

अनसब्सक्राइब लिङ्कमा क्लिक गरेर, तपाईंको इमेल सूचीबाट हटाइन्छ र कहिलेकाहीं तपाईंलाई सदस्यता रद्द गर्नुको कारणको बारेमा सोधिने छ।

यदि तपाईं अझै पनि केही सूचीहरूमा रहन चाहनुहुन्छ भने, सेन्डर (प्रेषक) को ठेगाना “सेफ” को रूपमा सेभ गर्न सकिने र यो स्प्याम फोल्डरमा जाने सम्भावना कम हुने छ।

प्रचारात्मक इमेलहरू, डिस्काउण्ट (छुट) हरू, र सब्सक्रिप्सन (सदस्यता) हरूको लागि छुट्टै खाता खोल्न सकिने छ भने काम वा व्यक्तिगत कार्यहरूको लागि विशेष रूपमा अर्को खाता प्रयोग गर्न सकिने छ।

उदाहरणका लागि, व्यापार र व्यक्तिगत खाताहरू प्रोटोन मेल जस्ता सेवाहरूमा हुन सक्छन् जसले अतिरिक्त स्तरको गोपनीयता प्रदान गर्दछ। प्रचारात्मक इमेलहरूको लागि भने तपाईंले नियमित जीमेल वा अन्य निःशुल्क सेवा प्रयोग गर्न सक्नुहुने छ।

यो व्यवस्थापनले तपाईंलाई अवरोध बिना महत्त्वपूर्ण सन्देशहरूमा ध्यान केन्द्रित गर्न अनुमति दिनेछ।

प्रत्येक इमेल सेवाले सन्देशहरूको स्वचालित क्रमबद्धताको लागि फिल्टर वा नियमहरू सिर्जना गर्न अनुमति दिनेछ।

तपाईंले “डिस्काउण्ट”(छुट), “सेल”((बिक्री),“कुपन”, वा “इभेन्ट” जस्ता शब्दहरू भएका सन्देशहरू स्वचालित रूपमा विशेष फोल्डरमा सार्न र मेटाउनका लागि पनि सेट गर्न सक्नुहुनेछ।

त्यसैगरी व्यावसायिक सन्देशहरूलाई व्यक्तिगत सन्देशहरूबाट अलग गर्ने फिल्टरहरू वा विशिष्ट प्रेषकहरूबाट सन्देशहरूलाई छुट्टाछुट्टै फोल्डरहरूमा छुट्याउने फिल्टरहरू पनि सिर्जना गर्न सक्नुहुनेछ।

यी सरल कदमहरूका साथ इनबक्सलाई व्यवस्थित राख्न सकिने टेलिग्राफले उल्लेख गरेको छ।

प्रकाशित: २५ चैत्र २०८१, सोमबार

तपाइको प्रतिक्रिया