
काठमाडौं ।
यदि तपाईंले आफ्नो फोन हराउनुभयो भने के गर्नुपर्छ?संवेदनशील जानकारी स्टोर गरिएको आफ्नो फोन हराउनु एक तनावपूर्ण अनुभव हुनेछ। हाम्रा फोनहरूमा निजी तस्बिरहरूदेखि वित्तीय डाटा जस्ता धेरै महत्त्वपूर्ण जानकारीहरू हुन्छन् जुन गलत हातमा परेमा जोखिममा पर्न सकिन्छ।
सामसङले यो अप्रिय परिस्थितिलाई कसरी पार गर्न सकिन्छ भन्ने बारे एक उपयोगी गाइड प्रकाशित गरेको छ। कोरियाली कम्पनीको सामसङ ग्यालेक्सी डिभाइसहरूले हार्डवेयर र सफ्टवेयर इन्क्रिप्सन दुवै प्रदान गर्नुका साथै नक्सले एप्लिकेसनहरू र डाटाको लागि सुरक्षित वातावरण प्रदान गर्दछ।
पहिलो चरणः “फाइण्ड माई फोन” सुविधा अन (सक्रिय) गर्नुहोस्ः
तपाईंको डाटा सुरक्षित गर्ने पहिलो चरण भनेको “फाइण्ड माई फोन” सुविधालाई सक्षम गर्नु हो, जुन सामसङ ग्यालेक्सी डिभाइसहरूमा उपलब्ध छ। यो सुविधाले तपाईंको फोन बन्द गरिएको वा ब्याट्री सक्किएको भए पनि तपाईंलाई आफ्नो फोन टाढाबाट पत्ता लगाउन मद्दत गर्दछ।
तपाईं आफ्नो फोन लक गर्न, त्यसमा भएका कन्टेन्ट (सामग्री)हरू मेटाउन, वा तपाईंको फोन फेला पार्न मद्दत गर्ने सन्देश स्क्रिनमा प्रदर्शन गर्न सकिने छ।
दोस्रो चरणः एडभान्स्ड सेक्युरिटी (उन्नत सुरक्षा) सुविधाहरू प्रयोग गर्नुहोस्ः
सामसङ ग्यालेक्सीले तपाईंको डाटा सुरक्षित गर्न धेरै सुरक्षा सुविधाहरू प्रदान गर्दछ, जस्तैः
पिन (पीआईएन)/पासवर्ड लकः तपाईंको फोन लक गर्न र अनधिकृत पहुँच रोक्न बलियो पिन (पीआईएन) वा पासवर्ड सेट गर्नुहोस्।
फिङ्गरप्रिन्ट लकः सुरक्षाको अर्को तह थप्दै, आफ्नो फोन अनलक गर्न आफ्नो औंला प्रयोग गर्नुहोस्।
फेसियल रिकग्नेसनः आफ्नो फोन एक्सेस (पहुँच) गर्न सुविधाजनक र सुरक्षित तरिकाको रूपमा आफ्नो फोन अनलक गर्न फेसियल रिकग्नेसन प्रयोग गर्नुहोस्।
तेस्रो चरणः अटोमेटिक डिलिटेसन (स्वचालित मेटाउने) सेट अप गर्नुहोस्ः
यदि तपाईंको फोन गलत हातमा पर्यो भने, फोन अनलक गर्न गरिएका केही प्रयासहरू असफल भएपछि तपाईंले कन्टेन्ट (सामग्री) स्वचालित रूपमा डिलिट गर्न (मेटाउन) को लागि सेट गर्न सक्नुहुनेछ। यो सुविधा सामसङ ग्यालेक्सी डिभाइसहरूमा उपलब्ध छ र सुरक्षा सेटिङहरूमा कन्फिगर गर्न सकिन्छ।
चौथो चरणः तपाईंको डाटा इन्क्रिप्ट गर्नुहोस्ः
इन्क्रिप्सन तपाईंको डाटालाई अनधिकृत एक्सेस (पहुँच)बाट जोगाउने एक राम्रो तरिका हो। सामसङ डिभाइसहरूले बिल्ट–इन इन्क्रिप्सन प्रदान गर्दछ, जुन सुरक्षा सेटिङहरूमा सक्षम गर्न सकिन्छ। डाटा इन्क्रिप्ट भएपछि, यो डिक्रिप्शन की बिना जो कोहीको लागि पढ्न नसकिने हुन्छ।
पाँचौ चरणः सामसङ नक्स प्रयोग गर्नुहोस्ः
सामसङ नक्स एक बलियो सुरक्षा प्लेटफर्म हो, जुन सामसङ ग्यालेक्सी स्मार्टफोनहरूमा बिल्ट–इन र अलवेज अन हुन्छ, जसले साइबर खतराहरूबाट बलियो सुरक्षा प्रदान गर्दछ।
यसमा डिभाइस इन्क्रिप्शन, कन्टेनराइजेसन र एप्लिकेसन व्यवस्थापन जस्ता सुविधाहरू समावेश छन्, जसले तपाईंको फोन हराएको वा चोरी भएको अवस्थामा तपाईंको डाटा सुरक्षित गर्न मद्दत गर्न सक्छ।
अन्य थप सुझावहरूः
आफ्नो फोन हराउनु तनावपूर्ण अनुभव हो, तर यी कदमहरूको साथ तपाईंको डाटा सुरक्षित गर्न र अनधिकृत पहुँचको जोखिम कम गर्न सकिने टेलीग्राफले उल्लेख गरेको छ।
प्रकाशित: २५ चैत्र २०८१, सोमबार