Technology Khabar २४ चैत्र २०८१, आईतवार
काठमाडौं ।
अमेजफिट बिप ६ सोमबार अमेरिकामा लन्च गरिएको छ। यो स्मार्टवाच १.९७ इन्चको गोलाकार एमोलेड डिस्प्लेको साथ आउँछ। कम्पनीले यसमा ४०० भन्दा बढी वाच फेसहरू उपलब्ध रहेको बताएको छ। साथै, स्मार्टवाच १४० भन्दा बढी प्रिसेट वर्कआउट मोड्सले सुसज्जित छ।
यसमा माइक्रोफोन छ भने वाचले ब्लुटुथ कलिङलाई पनि समर्थन गर्दछ। बिप ६ ले सामान्य प्रयोगमा पूर्ण चार्जमा १४ दिनसम्म ब्याट्री लाइफ प्रदान गर्न सक्ने अमेजफिटको दाबी छ।
अमेजफिट बिप ६ अमेरिकामा ७९.९९ अमेरिकी डलरमा लन्च गरिएको छ। यो अमेजन र आधिकारिक वेबसाइट मार्फत खरिद गर्न सकिने बताईएको छ। यो स्मार्टवाच चारकोल, कालो, ढुङ्गा र रातो रंग विकल्पहरूमा प्रस्तुत गरिएको छ।
अमेजफिट बिप ६ मा १.९७ इन्चको गोलाकार एमोलेड डिस्प्ले छ जसले २००० निट्स सम्मको अधिकतम ब्राइटनेस समर्थन गर्दछ। कम्पनीले स्क्रिन टेम्पर्ड ग्लासद्वारा सुरक्षित गरिएको र यसमा एन्टी-फिंगरप्रिन्ट कोटिंग पनि रहेको बताएको छ। यो ओपनएआई समर्थित जेप्पोओएस ४.५ (ZeppOS 4.5) मा चल्छ। यो घडी जेप्पो कोच र जेप्पो एपसँग कम्प्याटिबल छ।
अमेजफिटले बिप ६ स्मार्टवाचमा ४०० भन्दा बढी वाच फेस र १४० भन्दा बढी प्रिसेट कसरत मोडहरू जडान गरेको छ। यसमा मुटुको धड्कन, रगतमा अक्सिजनको स्तर, तनाव, निद्रा र महिनावारी स्वास्थ्य जस्ता ट्र्याकरहरू समावेश छन्। वाचमा इनबिल्ट स्पिकर र माइक्रोफोन छ, जसको माध्यमबाट कल गर्न सकिन्छ।
यसले नेभिगेसनको लागि अफलाइन ओएसएम म्याप्सलाई पनि समर्थन गर्दछ, जसले नेभिगेट गर्न प्रयोगकर्ताको रियल टाइम लोकेसनसँग मेल खाने आयातित म्याप्स प्रयोग गर्दछ।
अमेजफिट बिप ६ मा ३४० एमएएच ब्याट्री छ जसले सामान्य प्रयोगमा १४ दिनसम्म ब्याट्री लाइफ र अत्यधिक प्रयोगमा ६ दिनसम्मको प्रयोग समय प्रदान गर्ने दाबी गरिएको छ। यो ब्याट्री सेभर मोडमा २६ दिनसम्म टिक्ने दाबी गरिएको छ। यो स्मार्टवाच ५ एटीएम पानी प्रतिरोधक क्षमताको साथ आउँछ।
प्रकाशित: २४ चैत्र २०८१, आईतवार