सानिमा बैंकका कार्ड प्रयोगकर्ताहरुलाई भारतको एपोलो अस्पतालमा विशेष छुट

  • Technology Khabar | २३ चैत्र २०८१, शनिबार
सानिमा बैंकका कार्ड प्रयोगकर्ताहरुलाई भारतको एपोलो अस्पतालमा विशेष छुट

काठमाडौं ।

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई भारतको एपोलो अस्पतालमा विशेष छुट प्रदान गर्न एच. मेडिकल एण्ड डायग्नोस्टिक प्रा. लि. संग सहकार्य गरेको छ।

सानिमा भिसा डेबिट-क्रेडिट कार्ड प्रयोगकर्ताहरुले एपोलो अस्पतालमा डिजिटल भुक्तानी गर्दा अन्तिम बिलमा १० प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन्। चेन्नई, बैंगलोर, नवी मुम्बई, अहमदाबाद र कोलकातामा रहेको अपोलो अस्पताल, चेन्नईमा रहेको अपोलो क्यान्सर इन्स्टिच्युट, हैदराबादमा रहेको अपोलो हेल्थ सिटी, नयाँ दिल्लीमा रहेको इन्द्रप्रस्थ अपोलो अस्पताल र चेन्नईमा रहेको अपोलो प्रोटोन क्यान्सर सेन्टरमा छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

ग्राहकहरूले छुटका लागि अस्पताल जानु अघि बैंक वा एच.मेडिकल एण्ड डायग्नोस्टिक प्रा. लि. लाई जानकारी गराउनु पर्नेछ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२६ वटा ए.टि.एमहरु संचालनमा रहेका छन् । बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ। छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/digital-banking/offers मा उपलब्ध छ।

प्रकाशित: २३ चैत्र २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...