Technology Khabar २१ चैत्र २०८१, बिहीबार
काठमाडौं ।
एक्समा २.८ अर्ब भन्दा बढी खाताहरूसँग सम्बन्धित जानकारी लीक गरेको आरोपको साथ यो अहिलेसम्मकै सबैभन्दा ठूलो सामाजिक सञ्जाल डाटा ब्रिच (चोरी) भएको दावी गर्दै एसाइबर गुप्तचरले साइबर अपराध विषयहरूसँग सम्बन्धित एक प्रसिद्ध प्रमुख फोरममा पोस्ट गरेको छ।
मंगलबार देखा परेको यो ब्रिच (चोरी) को बारेमा “थिङकिङवान” कोरूपमा पहिचान गरिएका एक प्रयोगकर्ताले अनलाइनमा ३४ जीबीको विशाल सीएसभी फाइल सेयर गरेपछि साइबर सुरक्षा समूह सेफ्टीडिटेक्टिभ्सले रिपोर्ट गरेको उल्लेख छ।
डाटाले कथित रूपमा दुई अलग लीकहरू संयोजन गरेको उल्लेख छ, जसमा सन् २०२५ को ब्रिच (चोरी) बाट नयाँ मेटाडाटालाई अघिल्लो सन् २०२३ को घटनामा चोरी भएका इमेल ठेगानाहरूसँग मर्ज गरिएको टेलिग्राफले रिपोर्ट गरेको छ।
यो लीकले प्रयोगकर्ता नाम, ट्वीट इतिहास, र लोकेसन डाटा सहित विस्तृत मेटाडाटामा इमेल ठेगानाहरू लिङ्क गरेर व्यापक ठगीलाई सक्षम बनाउन सक्नेछ।
अकाउण्ट (खाता) भोल्युमको हिसाबले यो ब्रिच (चोरी) इतिहासको सबैभन्दा ठूलो डाटा एक्सपोजरहरू मध्ये एक हुने बताइएको छ, जसले प्लेटफर्मको आन्तरिक नियन्त्रणहरूका साथै विगतमा र हाल चलिरहेको साइबर सुरक्षा खतराहरूको ह्यान्डलिङको बारेमा गम्भीर प्रश्नहरू उठाउँछ।
सन् २०२२ मा इलन मस्कले कम्पनी अधिग्रहण गरेपछि एक्समा सामूहिक कटौतीको क्रममा एक असन्तुष्ट कर्मचारीले ४०० जीबी प्रयोगकर्ता डाटा डम्प गरेको र त्यसैबाट हालको यो नयाँ लीक कथित रूपमा उत्पन्न भएको विश्वास गरिएको छ।
सन् २०२३ को लीकमा लगभग २० करोड रेकर्ड र इमेल ठेगानाहरू जस्ता संवेदनशील जानकारी समावेश भएको उल्लेख छ। सन् २०२५ को ब्रिच (चोरी) मा लगभग ३ अर्ब प्रोफाइलहरूको मेटाडाटा समावेश भएको बताइएको छ जसमा डिस्प्ले नामहरू, ट्वीट गणनाहरू, स्थान र समय क्षेत्र डाटा, खाताको भेरिफिकेसन स्ट्याटस (प्रमाणिकरण स्थिति), र हालसालैका ट्वीटहरू पोस्ट गर्न प्रयोग गरिने एपहरू समावेश रहेको रिपोर्टमा उल्लेख छ।
प्रकाशित: २१ चैत्र २०८१, बिहीबार