दक्षिण कोरियाली कम्पनी एलजी इनर्जी सोलुसनले आफ्नो अमेरिकी इकाईले जनरल मोटर्ससँगको मिशिगनस्थित विद्युतीय सवारी (ईभी) ब्याट्री संयन्त्रको सम्पत्ति २ अर्ब डलरमा अधिग्रहण गर्ने मंगलबार जनाएको छ।
एलजीले फाइलिङमार्फत बताएको अनुसार मे ३१ मा सम्झौता सम्पन्न हुने अपेक्षा गरिएको छ, तर ड्यु डिलिजेन्स अर्थात् आर्थिक जाँचपछि मूल्यमा परिवर्तन हुन सक्नेछ।
जीएमले ईभी ब्याट्री उत्पादनको भविष्य र उपभोक्ता कर छुटसम्बन्धी अनिश्चितताका कारण आफ्नो ईभी योजना सीमित गर्दै आएको छ। डिसेम्बरमा जीएमले मिशिगन कारखानामा आफ्नो हिस्सेदारी बेच्ने घोषणा गरेको थियो।
एलजी र जीएमका संयुक्त रूपमा सञ्चालन भइरहेका दुई अन्य अमेरिकी ब्याट्री कारखाना ओहायो र टेनेसीमा छन्।
यो खरिद लागत यस वर्षको पूँजीगत खर्च योजनाको हिस्सा भएको र २ अर्ब डलरभन्दा कम हुन सक्ने एलजीले बताएको छ। टोयोटा मोटरले जीएमको बाहिरिँदै गरेको मिशिगनस्थित ल्यान्सिङ कारखानाबाट एलजी इनर्जी सोलुसनको ब्याट्रीहरू अर्डर गर्ने जनाएको छ।
