
काठमाडौं ।
इलन मस्कको स्पेसएक्सले सोमबार क्रिप्टो उद्यमीको नेतृत्वमा चार निजी अन्तरिक्ष यात्रीहरूको टोलीलाई एक ध्रुवदेखि अर्को ध्रुवसम्म पृथ्वीको परिक्रमा गर्ने अभियानमा प्रक्षेपण गरेको छ। यो एउटा नयाँ प्रक्षेपण भएको यस अघि कुनै पनि मानिसले यस किसिमको यात्रा नगरेको उल्लेख छ।
बिटक्वाइन माइनिङ कम्पनी स्थापना गर्ने चिनियाँ मूलका माल्टिज लगानीकर्ता चुन वाङ फ्राम२ नामक स्पेसएक्स मिसनका बैंकरोलर र कमाण्डर हुन्। यसको नामकरण पछाडिको सन्दर्भ भने २० औं शताब्दीको सुरुमा आर्कटिक अन्वेषणको अग्रगामी गर्ने नर्वेली “फ्राम” जहाज रहेको छ।
वाङ र तीन सहयोगीहरूले सोमबार राति ९ः४७ बजे (ईस्टर्न डेलाइट टाइम) (मंगलबार ०१४७ ग्रिनविच मीनटाइम) मा फ्लोरिडाको नासाको केनेडी स्पेस सेन्टरबाट स्पेसएक्सको क्रू ड्र्यागन क्याप्सुल प्रक्षेपण गरे। तीन देखि पाँच दिनको लागि स्वतन्त्र उडान अभियानको लागि प्रस्थान गरेका उनीहरूले सो अवधिमा अन्तरिक्ष उडान र सूक्ष्म गुरुत्वाकर्षणले मानव शरीरलाई कसरी असर गर्छ भन्ने कुरामा केन्द्रित २२ अनुसन्धान प्रयोगहरूमा भाग लिनेछन्।
सोमबार दिउँसो, चार चालक दलका सदस्यहरूलाई टेस्ला कारहरूको समूह (कारभान) मा लन्चप्याड लगिएको थियो। उनीहरू फ्लोरिडाको केप क्यानाभेरलको सडकहरू हुँदै प्रहरी सुरक्षामा यात्रा गरेका थिए भने स्पेसएक्स फाल्कन ९ रकेट उनीहरूको माथिबाट फरक स्टारलिङ्क मिसनको लागि प्रक्षेपण गरियो थियो।
“हामी रकेट प्रक्षेपणको लागि जाँदै गर्दा रकेट प्रक्षेपण हेर्न गइरहेका छौं” वाङले मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल साइट एक्समा आफ्नो ड्राइभको क्रममा आकाशतर्फ उडान भर्दै गरेको फाल्कन ९को भिडियोको साथ लेखेको उल्लेख छ।
स्पेसएक्सको छैटौं निजी अन्तरिक्ष यात्री उडान, कम्पनीको पछिल्लो नयाँ प्रयास हो जसले विश्वव्यापी मानव अन्तरिक्ष उडान क्षेत्रमा आफ्नो प्रभुत्व विस्तार गर्दछ। यो स्पेसएक्सका सीईओ र विश्वका सबैभन्दा धनी व्यक्तिको रूपमा मस्कको शक्ति बढ्दै जाँदा आएको बताइएको छ। उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नजिकको सल्लाहकारको रूपमा काम गर्छन् र यो भूमिकाले उनलाई अमेरिकी नीतिगत मामिलाहरूको श्रृंखलामा एक व्यवसायीको लागि असाधारण प्रभाव दिएको छ।
फ्राम२ १६ औं क्रू मिशन हो र यसमा समग्रमा पुनः प्रयोग गर्न मिल्ने क्रू ड्र्यागन अन्तरिक्षयान प्रयोग गरिएको छ जुन गमड्रप–सेप्ड (आकारको) स्पेसएक्सक्राफ्ट स्पेसएक्सले अमेरिकी अन्तरिक्ष एजेन्सीलाई आफ्ना अन्तरिक्ष यात्रीहरूलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा जाने र आउने सुविधा प्रदान गर्न नासा को कोषबाट विकास गरेको थियो।
स्पेसएक्स र यसको ड्र्यागन क्राफ्ट (अन्तरिक्षयान) ले निजी कक्षीय अन्तरिक्ष उडानको लागि नयाँ बजारमा प्रभुत्व जमाएको छ भने यस बजारको मागको प्रमुख स्रोत मूल रूपमा अन्तरिक्षमा जान चाहनेहरूको धनी पर्यटकहरू भएको बताइएको छ। बोइङको स्टारलाइनर अझै पनि विकास भइरहेको हुनाले हालको लागि नियमित रूपमा कक्षामा उडान भर्ने ड्र्यागन एक मात्र निजी क्याप्सुल हो।
हालैका वर्षहरूमा, प्रति सिट ड्र्यागन उडानहरूको लागत लगभग ५५ मिलियन अमेरिकी डलर भएकोले, क्रू ड्र्यागन मिसनहरूको सम्झौता गर्ने एक्सिओम स्पेस जस्ता कम्पनीहरू समावेश गर्ने अन्तरिक्ष उडान बजारले मुख्यतया राष्ट्रिय प्रतिष्ठा र घरेलु अन्तरिक्ष उडान अनुभवलाई बलियो बनाउनको लागि रकम तिर्न इच्छुक सरकारहरूबाट अन्तरिक्ष यात्रीहरूमा बढी ध्यान केन्द्रित गरेको छ।
फ्राम२ चालक दलमा वाङका साथै उनका साथीहरूमा भर्चुअल–रियालिटी सिनेमेटोग्राफि (छायांकन)मा विशेषज्ञता राख्ने नर्वेली फिल्म निर्देशक जानिके मिकेलसेन; जर्मन रोबोटिक्स अनुसन्धानकर्ता र ध्रुवीय वैज्ञानिक राबिया रोग, र अष्ट्रेलियाली साहसी एरिक फिलिप्स समावेश रहेका रोयटर्सले उल्लेख गरेको छ।
प्रकाशित: २० चैत्र २०८१, बुधबार