Technology Khabar १९ चैत्र २०८१, मंगलवार
काठमाडौं ।
चीनले आइतबार बिहान दक्षिणी टापु प्रान्त हेनानको तटमा रहेको वेनचाङ अन्तरिक्ष प्रक्षेपण स्थलबाट योजनाबद्ध कक्षमा नयाँ सञ्चार प्रविधि परीक्षण भूउपग्रह पठाएको छ।
भूउपग्रहलाई बिहान १२:०५ बजे (बेइजिङ समय) लङ मार्च-७ए रकेटद्वारा प्रक्षेपण गरिएको थियो। यो मुख्यतया बहु-ब्यान्ड र उच्च-गति सञ्चार प्रविधि प्रमाणीकरणको लागि प्रयोग गरिने बताईएको छ।
यो प्रक्षेपण लङ मार्च वाहक रकेट शृङ्खलाको ५६६ औं मिसन थियो। सिन्ह्वा
प्रकाशित: १९ चैत्र २०८१, मंगलवार