यामाहाले नयाँ वर्ष उत्सवमा ल्यायो रोमाञ्चक पुरस्कारहरू सहितको “थ्रिल अफ थ्री”

  • Technology Khabar | १९ चैत्र २०८१, मंगलवार
यामाहाले नयाँ वर्ष उत्सवमा ल्यायो रोमाञ्चक पुरस्कारहरू सहितको “थ्रिल अफ थ्री”

काठमाडौं ।

यामाहा नेपालले नयाँ वर्षको सुरुवात आफ्नो रोमाञ्चक स्किम ‘थ्रिल अफ थ्री’’ सँगै गर्दैछ। यामाहाका फ्यानहरूलाई रोमाञ्चक पुरस्कार, विशेष लाभ र अनबिटेबल डिलहरू प्रदान गर्न डिजाइन गरिएको यो एक रोमाञ्चक स्किम हो।

यो स्किम यामाहा मोटरसाइकल र स्कूटरहरूको सारलाई प्रतिबिम्बित गर्दै एक्साइटमेन्ट, स्टाइल र पर्फर्मेन्सको उत्सव मनाउने अवसर पनि भएको बताएको छ।

‘थ्रिल अफ थ्री’ अन्तर्गत रोमाञ्चक पुरस्कारहरूमा आफ्नो सामाजिक सञ्जालमा यामाहाको नयाँ वर्ष स्किमको विज्ञापन ‘थ्रिल अफ थ्री’ सेयर गरेर तत्काल रु. १,००० जित्न सकिनेछ भने नजिकैको यामाहा डिलरशिपमा गई आफुले शेयर गरेको यामाहा नयाँ वर्ष स्किम विज्ञापनको स्क्रिनसट देखाएर रू. ५०,००० रुपैयाँसम्मको नगद पुरस्कार जित्न पाईने कम्पनीले उल्लेख गरेको छ।

यसैगरी योजनाको अवधिमा ब्रान्ड-न्यू यामाहा मोटरसाइकल वा स्कुटर खरिद गर्दा एक लाख रुपैयाँसम्मको नगद पुरस्कार जित्ने मौका पाईने बताईएको छ।

यस बाहेक यामाहा नेपालले यामाहाको खरिदलाई पहिलेभन्दा अझै सजिलो र बढी फाइदाजनक बनाउन विशेष खरिद लाभहरू अन्तरगत स्पट एक्सचेन्ज इजी फाइनान्स र छानिएका मोडेलहरूमा शुन्य प्रतिशत ब्याजको ईएमआई दिने जनाएको छ।

प्रकाशित: १९ चैत्र २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...