Technology Khabar १९ चैत्र २०८१, मंगलवार
काठमाडौं ।
जेनेरेसन जेड (१८–२६ वर्ष उमेर समूह) ले आफ्नो प्रेम जीवन (सम्बन्ध) मा आर्टिफिशियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमत्ता- एआई) सबैभन्दा बढी प्रयोग गर्ने सम्भावना भएको एक अध्ययनमा उल्लेख छ। अध्ययनकाअनुसार, उत्तरदाताहरू मध्ये १५ प्रतिशतले डेटिङ योजनाको लागि र १२ प्रतिशतले रिलेसनसिप एडभाइस (सम्बन्धमा सल्लाह) को लागि एआई प्रयोग गर्ने गरेका छन।
जेनेरेसन जेडको तुलनामा मिलेनियल्स (२९–४४ वर्ष उमेर समूह) ले भने आफ्नो प्रेम जीवन (सम्बन्ध) मा आर्टिफिशियल इन्टेलिजेन्स अलि कम प्रयोग गर्ने बताइएको छ। तिनीहरू मध्ये ९ प्रतिशतले डेटिङ योजना बनाउन र ११ प्रतिशतले प्रेम सल्लाहको लागि एआई प्रयोग गर्ने गरेका छन्।
त्यसैगरी जेन जेडका लगभग ७२ प्रतिशत सदस्यहरू र मिलेनियल्सका ७६ प्रतिशत सदस्यहरूले रोमान्टिक उद्देश्यका लागि कहिल्यै एआई प्रयोग नगरेको उल्लेख छ। साथै तिनीहरूले अथेन्टिसिटी (प्रामाणिकता) र रियल कनेक्सन (वास्तविक सम्बन्ध) को बारेमा उब्जने शंकाहरूका मुख्य कारणहरूले भएको गर्दा एआई प्रयोग नगर्ने बताएका छन्।
‘पेयर्ड’ नामक एपका लागि काम गर्ने सम्बन्ध विशेषज्ञ एली बुलकले कारणहरूको बारेमा थप व्याख्या गरेका छन्।
“डेटिङ एपहरू आकर्षक नभएको र कोभिड–१९ को महामारी पछि, मानिसहरू बढ्दो रूपमा व्यक्तिगत सम्पर्क खोजिरहेका छन्। एआईले अर्को टूल (उपकरण) को रूपमा काम गर्दछ जसले सम्बन्धहरूलाई वास्तविक ह्युमन कनेक्सनबाट टाढा राख्छ र धेरैजसो यसमा शंका गर्छन्” सम्बन्ध विशेषज्ञ एली बुलकले बताएको उल्लेख छ।
मानिसहरू (उत्तरदाता/प्रतिक्रियादाता) ले प्रविधिसँग सम्बन्धित आफ्नो सम्बन्धमा सामना गर्ने समस्याहरूको बारेमा पनि खुलासा गरेका छन्।
जेन जेड र मिलेनियल्सका लागि सबैभन्दा सामान्य समस्या भनेको एकै साथ समय बिताउँदा आफ्नो फोन प्रयोग गर्नु भएको बताइएको छ। ५७ प्रतिशत युवाहरू र ६८ प्रतिशत मिलेनियलहरूले यसलाई ध्यान भङ्ग गर्ने कारकको रूपमा उल्लेख गर्दछन्। त्यसैगरी गेम खेल्ने र कामको समय पछि पनि व्यावसायिक सन्देशहरूको जवाफ दिने जस्ता अन्य समस्याको उल्लेख गरिएको छ।
यद्यपि रोमान्टिक सम्बन्धहरूमा एआई अझै व्यापकरूपमा स्वीकार नगरिएको भएपनि रुचि भने बढ्दै गएको छ। करिब पाँचौं मिलेनियल्स (१९ प्रतिशत) ले भविष्यमा परामर्श, पार्टनर थेरापी, वा निर्देशित जोडी अभ्यासहरूको लागि एआई प्रयोग गर्ने विचार गर्ने बताएका छन्।
“एआईमा अत्यधिक निर्भरताले भावनात्मक बुद्धिमत्तामा कमी र सम्बन्धमा कमजोर द्वन्द्व समाधान निम्त्याउन सक्छ। सम्बन्धका चुनौतीहरू सधैं पुस्तकहरू, साथीहरू वा चिकित्सकहरूको सहयोगमा समाधान गरिएका छन् र एआई केवल अर्को उपकरण हो” बुलकले भनेका छन्।
“यसले वास्तविक सम्बन्धलाई प्रतिस्थापन गर्दैन, तर यसले जोडीहरूलाई आधुनिक रोमान्टिक सम्बन्धहरूलाई राम्रोसँग नेभिगेट गर्न मद्दत गर्न सक्छ। नयाँ प्रविधिसँग डराउनुको सट्टा, हामीले कसरी जोडिने तरिकालाई सुधार गर्न सक्छौं भन्ने कुरामा ध्यान केन्द्रित गर्नुपर्छ” बुलकले बताएको रिपोर्टमा उल्लेख गरेको छ।
प्रकाशित: १९ चैत्र २०८१, मंगलवार