गुगल पिक्सेल ९ए उपलब्ध हुने मिति घोषणा

  • Technology Khabar | १८ चैत्र २०८१, सोमबार
गुगल पिक्सेल ९ए उपलब्ध हुने मिति घोषणा

काठमाडौं ।

गुगलले आफ्नो नयाँ पिक्सेल ९ए उपलब्ध हुने मितिको घोषणा गरेको छ। गुगलले नयाँ फोन पहिला अप्रिल १० तारिखमा अमेरिका, क्यानडा र बेलायतमा बिक्रीको लागि उपलब्ध हुने भएको छ।

ती देशहरू पछि, पिक्सेल ९ए अप्रिल १४ तारिखमा जर्मनी, स्पेन, इटाली, आयरल्याण्ड, फ्रान्स, नर्वे, डेनमार्क, स्वीडेन, नेदरल्याण्ड्स, बेल्जियम, अस्ट्रिया, पोर्चुगल, स्विट्जरल्याण्ड, पोल्याण्ड, चेकिया, रोमानिया, हंगेरी, स्लोभेनिया, स्लोभाकिया, लिथुआनिया, इस्टोनिया, लाटभिया र फिनल्याण्डमा उपलब्ध हुनेछ।

अन्ततः, अप्रिल १६ तारिखमा, पिक्सेल ९ए अष्ट्रेलिया, भारत, सिंगापुर, ताइवान र मलेसियामा बिक्रीको लागि उपलब्ध हुनेछ। फोन जापानमा पनि उपलब्ध हुनेछ तर अहिले कुनै निश्चित लन्च मितिको बारेमा जानकारी उपलब्ध नभएको उल्लेख छ।

पिक्सेल ९ए पहिलो पटक यस महिनाको सुरुमा ४९९ अमेरिकी डलरको सुरुवाती मूल्यको साथ घोषणा गरिएको थियो। तर पिक्सेल ९ए उपलब्ध हुने निश्चित मितिको बारेमा भने अस्पष्ट अप्रिल उपलब्धता विन्डो बाहेक अन्य कुनै जानकारी उपलब्ध थिएन।

त्यसैगरी कम्पनीले डिभाइसमा कम्पोनेन्ट गुणस्तरको समस्याको सामना गरेको र जसले गर्दा यसले रिलीज विन्डो र समीक्षा प्रतिबन्धहरू पछाडि सारेको थाहा हुन आएको थियो। यद्यपि यो समस्याले थोरै संख्यामा एकाइहरूलाई मात्र असर गरेको देखिन्छ भने यो सावधानीको रूपमा गरिएको थियो भनि जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: १८ चैत्र २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...