
काठमाडौं ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरूद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा अर्को उजुरी परेको छ।
अधिकारकर्मी टिकाराम भुसालले आइतबार साइबर ब्युरोको कार्यालयमा पुगेर प्रसाईंविरूद्ध उजुरी दिएका हुन्।
लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई लक्षित गरी गलत तथा घृणास्पद अभिव्यक्ति फैलाएको भन्दै उजुरी गरिएको हो।
यसअघि यही विषयमा मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले प्रसाईंविरुद्ध उजुरी दिएका थिए। यौनिक तथा अल्पसंख्यक समुदायलक्षित घृणाा फैलाउने अभिव्यक्ति दिएको भन्दै पन्तले उजुरी दिएका थिए।
प्रसाईंकै कमान्डमा शुक्रबार भएको राजावादीहरूको प्रदर्शनको क्रममा तोडफोड, आगजनी र दुई जनाको मृत्यु समेत भएपछि उनी शुक्रबारदेखि फरार छन्।
प्रकाशित: १७ चैत्र २०८१, आईतवार