एप्पलको फोल्डेबल आईफोनमा टाइटेनियम भन्दा धेरै बलियो लिक्विड मेटल हिञ्ज प्रयोग गरिने

  • Technology Khabar | १७ चैत्र २०८१, आईतवार
एप्पलको फोल्डेबल आईफोनमा टाइटेनियम भन्दा धेरै बलियो लिक्विड मेटल हिञ्ज प्रयोग गरिने

काठमाडौं ।

यस बिन्दुमा एप्पल फोल्डेबल आईफोन केवल एक मिथकहरू (प्राचीन कथाहरू) मा अवस्थित काल्पनिक वस्तु जस्तै बन्न पुगेको छ। तर जे होस्, यसको बारेमा सुनिएका पछिल्ला घटनाक्रमहरू भने रोचक हुँदै गएका छन्।

यस डिभाइसको पछिल्लो अफवाह सबै हिञ्जको बारेमा रहेको र कम्पनीले लिक्विड मेटल हिञ्ज (तरल धातुको कब्जा)को डिजाइन गरिरहेको भनि एप्पल–सम्बन्धित समाचारको बारेमा राम्रो ट्र्याक रेकर्ड भएका एक टिपस्टरले वेइबोमा उल्लेख गरेका छन्।

रोचक कुरा के छ भने, यसको बारेमा हामीले पहिले पनि सुनि सकेका छौं। एप्पलले भविष्यको आईफोन फोल्ड हिञ्जको लागि लिक्विड मेटल (तरल धातु) प्रयोग गर्नेछ (यदि त्यो योजनाबद्ध मार्केटिङ नाम हो भने) भनि मिङ–ची कुओले एक पटक संकेत गरेका थिए।

लिक्विड मेटल (तरल धातु) प्रयोग गर्नाले धेरै फाइदाहरू हुने र त्यसमध्ये यसको बलियोपना मुख्य विषेता भएको बताइएको छ। अफवाहका अनुसार, टाइटेनियम भन्दा २.५ गुणा बलियो “अमोर्फस अलोय” वा “मेटालिक ग्लास” हिञ्जको लागि उत्तम उपाय हुने बताइएको छ।

अमोर्फस कणहरूबाट बनेको संरचना सहजै नबाङ्गिने, विकृति नहुने र दबाब प्रतिरोधी हुने भएकाले यसले हिञ्जका साथै पूर्ण रुपमा डिभाइसको जीवन अवधि पनि सुधार गर्ने बताइएको छ। थप रूपमा, कब्जाको डिजाइनले डिस्प्ले क्रिज कम गर्न वा हटाउन मद्दत गर्न सक्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।

फ्लेक्सिबल डिस्प्लेलाई बलियो सपोर्ट (समर्थन) चाहिने भएकाले यसले प्यानललाई फिङ्गर प्रेसिङ्ग, बेन्डिङ्ग आदि सहन गर्न मद्दत गर्ने छ। फ्लेक्सिबल (लचिलो) ओएलईडी प्रविधिलाई पनि सुधारको आवश्यक रहेको हुनाले एप्पलले क्रिज हटाउन हार्डवेयर आपूर्तिकर्ताहरूसँग काम गरिरहेको बताइएको छ।

प्रकाशित: १७ चैत्र २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...