‘विदेशी गलत सूचनाको निशानामा फ्रान्स’, आर्टिफिसियल इन्टेलिजेन्सले थप समस्या

Technology Khabar १६ चैत्र २०८१, शनिबार

काठमाडौं ।

फ्रान्सका प्रधानमन्त्री फ्रान्कोइस बायरोउले हालैका वर्षहरूमा फ्रान्सले युक्रेनबाहेक अन्य कुनै पनि युरोपेली देशको तुलनामा रुसलगायत ‘विदेशबाट’ बढी भ्रामक सूचना अभियानहरूको सामना गर्नुपरेको बताउएका छन्।

भ्रामक सूचना पत्ता लगाउने जिम्मेवारी पाएको फ्रान्सेली सरकारी निकाय भिगिनमले आयोजना गरेको फोरममा बेयरोउले भने, “फ्रान्स एक प्रमुख लक्ष्य हो । जारी द्वन्द्व र भूराजनीतिक तनावका सन्दर्भमा फ्रान्सलाई लक्षित गरी गलत सूचनाको सम्प्रेषण (सूचना युद्ध) को अवस्था अझ खराब भएको छ।

“हामीले रुसबाट ठूलो मात्रामा हस्तक्षेप भइरहेको पत्ता लगाइरहेका छौँ, चीनबाट पनि सूचनामा हेरफेरको सङ्केत देखिएको छ,” प्रधानमन्त्री बेयरोउले भने।

युरोपेली सङ्घको कूटनीतिक निकाय ‘युरोपिएन एक्सटर्नल एक्सन सर्भिस’को प्रतिवेदनलाई उद्धृत गर्दै उनले भने, “सन् २०२३ देखि २०२४ को बीचमा युरोपमा भएका ५०५ घटनामध्ये २५७ युक्रेनसँग सम्बन्धित र १५२ फ्रान्ससँग सम्बन्धित रहेका थिए ।”

“हाम्रो नजिक यो तत्कालको खतरा हो र यसले प्रत्येक फ्रान्सेली व्यक्तिलाई असर गर्दछ,” बायरोउले भने।

आर्टिफिसियल इन्टेलिजेन्सले ‘अभूतपूर्व स्तरमा यो हेरफेरलाई अनुमति दिन्छ’, उनले भने।

रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गरेदेखि नै फ्रान्स किएभको सबैभन्दा प्रमुख समर्थक रहँदै आएको छ।

बिहीबार फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले युक्रेनमा कुनै पनि युद्धविराम सम्झौतापछि ‘आश्वस्त’ सेना पठाउने योजना तय गर्ने उद्देश्यले शिखर सम्मेलनको आयोजना गरेका थिए।

म्याक्रोँले आफू र बेलायती प्रधानमन्त्री केइर स्टार्मरले शान्तिका लागि युरोपको ‘गठबन्धन’ को समन्वय गर्ने सहमति भएको बताए।

गत फेब्रुअरीमा जारी एक रिपोर्टमा भिगिनमले रुसले युक्रेनमाथिको आक्रमणका लागि समर्थन जुटाउन विगत तीन वर्षदेखि अत्यधिक सङ्गठित सूचना युद्ध अभियान सञ्चालन गरिरहेको बताएका थिए।

प्रकाशित: १६ चैत्र २०८१, शनिबार

तपाइको प्रतिक्रिया