च्याटजीपीटीको नयाँ इमेज जेनेरेटरले ‘तहल्का मच्चायो’, सामाजिक सञ्जालमा ‘स्टुडियो गिब्ली’ ले उल्लेखनीय चर्चा बटुल्दै

  • Technology Khabar | १६ चैत्र २०८१, शनिबार
च्याटजीपीटीको नयाँ इमेज जेनेरेटरले ‘तहल्का मच्चायो’, सामाजिक सञ्जालमा ‘स्टुडियो गिब्ली’ ले उल्लेखनीय चर्चा बटुल्दै

काठमाडौं ।

ओपनएआईले च्याटजीपीटी–४ओ लाई एडभान्स्ड इमेज जेनेरेटर क्यापाबिलिटिज (उन्नत तस्बिर उत्पादन क्षमता) हरूको साथ परिष्कृत गरेको छ।

यसको आफ्नो ‘४ओ इमेज जेनेरेटर’ भनिने नयाँ इमेज क्रियसन (तस्बिर सिर्जना गर्ने) सुविधाको लन्चसँगै, अमेरिकामा आधारित आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अनुसन्धान कम्पनीले अनलाइन प्रतिक्रियाहरूको लहर जगाएको टेलिग्राफले रिपोर्ट गरेको छ।

यसको रिलीज भएको केही समय पछि नै सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले ‘स्टुडियो गिब्ली’ एनिमेसनको लिजेण्डरी एस्थेटिक तस्बिरहरूमा रूपान्तरण गर्ने शैलीदेखि लिएर विभिन्न कलात्मक शैलीहरू नक्कल गर्ने टुलको उल्लेखनीय क्षमता पत्ता लगाएको बताइएको छ।

फलस्वरूप, च्याटजीपीटी प्लस, प्रो र टोलीका सदस्यहरूले एक्स र इन्स्टाग्राम प्लेटफर्महरूमा च्याटजीपीटी द्वारा संचालित गिब्ली–शैलीका तस्बिरहरूले भरिदिएका छन्।

तिनीहरूले स्टुडियो गिब्लीको शैलीमा विश्व इतिहासका प्रतिष्ठित क्षणहरूलाई पुनः कल्पना गर्न च्याटजीपीटी प्रयोग गरिरहेका छन् भने परिणामहरू प्रभावशाली भएको उल्लेख गरिएको छ।

साम अल्टम्यानले एक्समार्फत ‘धेरै मानिसहरूले रमाइलो मानेर च्याटजीपीटीमा इमेज जेनेरेट (उत्पन्न) गरेको हेर्नु “अति रमाइलो” भएको’ तर साथ–साथै जीपीयूहरू पनि “मेल्टिङ” (पग्लिरहेको) भनि स्वीकार गरेका छन्।

आफ्नो घोषणामा, ओपनएआईले आफ्नो नयाँ टुललाई “अहिलेसम्मको सबैभन्दा एडभान्स्ड (उन्नत) इमेज जेनेरेटर भएको दावी गर्दै जीपीटी ४ओ मा एकीकृत गरिएको यसमा सटीक र फोटोरियलिस्टिक परिणामहरू प्रदान गर्ने मल्टिमोडल मोडेल रहेको” बताएको छ।

ओपनएआईका सीईओले पनि आफ्नो प्रोफाइल तस्वीरलाई एक्समा अपडेट गरेर र प्रयोगकर्ताहरूलाई च्याटजीपीटी प्रयोग गरेर आफ्नो सुधारिएको संस्करण उत्पन्न गर्न आमन्त्रित गरेर ट्रेण्डमा सामेल भएको टेलिग्राफले उल्लेख गरेको छ।

प्रकाशित: १६ चैत्र २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार