Technology Khabar १६ चैत्र २०८१, शनिबार
काठमाडौं ।
भिभो वाई३९ भर्खरै भारतमा लन्च गरिएको छ। इन्ट्री लेभलको यो फोनमा स्न्यापड्रागन ४ जेन २ चिपसेट, ५० मेगापिक्सेल क्यामरा र ब्याट्री ठूलो वृद्धि समावेश गरिएको छ।
भिभो वाई३९ चीनमा उपलब्ध वाई३००आई जस्तै भएको बताइएको छ। भिभो वाई३९ मा पनि १२० हर्ज रिफ्रेस रेट र एचडी+(प्लस) रिजोल्युसन सहितको ६.६८ इन्च एलसीडी समावेश गरिएको छ। साथै डिभाइसमा वाई३००आईको जस्तै ५० मेगापिक्सेलको मुख्य क्यामरा रहेको छ। भिभो वाई३९ को पछाडि भने २ मेगापिक्सेलको सेकेन्डरी शूटर र ८ मेगापिक्सेलको सेल्फी क्यामरा समावेश गरिएको छ।
भिभो वाई३९ फाइभजी ६,५०० एमएएच ब्याट्रीको साथ आएको छ जुन भिभोको लागि बिस्तारै मानक बन्दै गइरहेको छ। गत दुई महिनामा यो सटीक क्षमताका साथ १० भन्दा बढी फोनहरू घोषणा गरिएको छ। यो सेलले ४४ वाट वायर्ड चार्जिङलाई समर्थन गर्दछ। यस डिभाइसको रिटेल बक्समा उपलब्ध गराइएको चार्जरबाट ८३ मिनेटमा नै ब्याट्री १ प्रतिशत देखि १०० प्रतिशत सम्म पुग्ने उल्लेख गरिएको छ।
त्यसैगरी डिभाइसको अपरेटिङ सिस्टम (ओएस) फनटच १५ भएको र यसको साथ एन्ड्रोइड १५ पनि रहेको उल्लेख गरिएको छ।
लोटस पर्पल र ओशन ब्लू रङ्गहरुमा उपलब्ध हुने भिभो वाई३९ फाइभजी पहिले नै अमेजन र भिभोको आफ्नै ई–स्टोरमा बिक्रीको लागि उपलब्ध गराइएको उल्लेख छ। छन्। यो डिभाइसको मूल्यहरू ८/१२८ जीबी को लागि १६,९९९ भारतीय रुपैयाँ (२०० अमेरिकी डलर/१८५ यूरो) र ८/२५६ जीबी को लागि १८,९९९ भारतीय रुपैयाँ (२२० अमेरिकी डलर/२०५यूरो) कायम गरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: १६ चैत्र २०८१, शनिबार