यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड र काठमाडौं रेजर्सले ट्रफी टुर, स्कूटर र्याली र जर्सी अनावरण

Technology Khabar १५ चैत्र २०८१, शुक्रबार

काठमाडौं ।

काठमाडौं रेजर्सको टाइटल प्रायोजक यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडले रोमाञ्चक ट्रफी टुर र स्कूटर र्‍यालीको साथमा एनएसएल सिजन ३ को उत्साहजनक सुरुवात गरेका छन्। कार्यक्रमले काठमाडौं रेजर्सको सिजन १ च्याम्पियनशिप जितलाई पनि सम्मान गर्‍यो, जसले फ्यानहरूलाई उनीहरूको मनपर्ने टोली र खेलको नजिक ल्यायो।

नक्सालस्थित यामाहा ब्लू स्क्वायरबाट सुरु भएको र्‍याली बसन्तपुर र काठमाडौँका प्रमुख स्थान हुँदै यामाहा ब्लू स्क्वायरमै आएर समापन भएको थियो। उत्साही राइडर, फ्यान र टिमका समर्थकहरू सामेल भएको भव्य र्‍यालीमा फुटबलको स्पिरिट र यामाहाको नेपाली खेलकुदप्रतिको प्रतिबद्धता स्पष्ट तरिकाले प्रदर्शन भएको थियो।

र्‍यालीपश्चात् यामाहा ब्लू स्क्वायरमै यामाहाले एनएसएल सिजन ३ मा काठमाडौं रेजर्सको एनएसएल सिजन ३ को यात्राको सुरुवात गर्दै टिमको आधिकारिक जर्सी अनावरण गरेको थियो। अभिनेत्री प्रियङ्का कार्की, यामाहा रेजेडआर १२५ एफआईका ग्राहक र मिडियाको उपस्थितिमा गरिएको अनावरण कार्यक्रमले युवा संलग्नता, खेलकुद विकास र नवीनतालाई समर्थन गर्ने यामाहाको प्रतिबद्धतालाई अझ बलियो बनाएको छ।

प्रकाशित: १५ चैत्र २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया