स्न्यापड्रागन ८ एलिट र १२० वाट चार्जिङको साथ पोको एफ ७ अल्ट्रा लन्च

Technology Khabar १५ चैत्र २०८१, शुक्रबार

काठमाडौं ।

पोकोले एफ ७ प्रोसँगै विश्वव्यापी रूपमा एफ ७ अल्ट्रा लन्च गरेको छ। ब्रान्डको प्रमुख स्मार्टफोनको रूपमा यस एफ७ अल्ट्रालाई प्रस्तुत गरिएको बताइएको छ।

पोको एफ७ अल्ट्राका फिचरहरु

पोको एफ७ अल्ट्रामा ६.६७ इन्चको २के एएमओएलईडी स्क्रिन समावेश गरिएको छ। यस स्क्रिनले ३२०० निट्सको पीक ब्राइटनेस, १२० हर्ज रिफ्रेस रेट र डल्बी भिजन समर्थन प्रदान गर्दछ।

यो डिभाइसमा पोकोको पहिलो अल्ट्रासोनिक फिङ्गरप्रिन्ट स्क्यानर डेब्यू गरिएको छ भने पहिलेका मोडेलहरूको तुलनामा यसको तल्लो बेजेललाई २१ प्रतिशतले स्लिम गरिएको उल्लेख छ।

यसको कोरमा, एफ७ अल्ट्राले भिजनबुस्ट डी७ ग्राफिक्स चिपसँग पयेर्ड गरिएको क्वालकमको ३एनएम स्न्यापड्रागन ८ एलिट चिपसेटलाई समावेश गरेको छ जसले १२०एफपीएस गेमिङ र २के रिजोल्युसन अपस्केलिङ सक्षम गर्ने उल्लेख गरिएको छ।

थर्मल व्यवस्थापन ५४००एमएम२मा फैलिएको डुअल–च्यानल आइसलूप कुलिङ सिस्टमद्वारा ह्यान्डल गरिने बताइएको छ र यसले दिगो पर्फमेन्स सुनिश्चित गर्ने उल्लेख गरिएको छ। कन्फिगरेसनहरूमा १६जीबी सम्म एलपीडीडीआर५एक्स र्याम र ५१२जीबी यूएफएस ४.० स्टोरेज समावेश रहेका छन्।

त्यसैगरी ट्रिपल–क्यामरा सेटअपमा ओआईएस सहितको ५० मेगापिक्सेलको लाइट फ्युजन ८०० प्राथमिक सेन्सर, ३२ मेगापिक्सेलको अल्ट्रा–वाइड लेन्स, र १० सेमी म्याक्रो शट लिन सक्ने ५० मेगापिक्सेलको २.५ एक्स टेलिफोटो क्यामरा रहेका छन्।

शाओमीको एआईएसपी २.० ले १३.२ईभी गतिशील दायराको साथ इमेजिङलाई बढाउने छ भने सर्ज टी१एस सिग्नल चिपले सेलुलर, वाई–फाई र ब्लुटुथ कनेक्टिभिटी सुधार गर्ने बताइएको छ।

पोको एफ७ अल्ट्रामा उपलब्ध ५३००एमएएच ब्याट्रीले १२० वाटको वायर्ड चार्जिङ (१३ मिनेटमा ५० प्रतिशत) र ५० वाटको वायरलेस चार्जिङलाई समर्थन गर्दछ। डिभाइसमा आईपी६८–रेटेड ग्लास–एन्ड–मेटल बिल्डमा स्टेरियो स्पिकरहरू, हाई–रेज अडियो र आईआर ब्लास्टर रहेका छन्।

एन्ड्रोइड १५ मा आधारित शाओमी हाइपरओएस २.० सञ्चालन गर्दै पोकोले चार ओएस अपग्रेड र ६ वर्षको सुरक्षा अपडेटहरू प्रदान गर्ने वाचा गरेको उल्लेख छ।

मूल्य निर्धारण र उपलब्धता
एफ७ अल्ट्राको १२जीबी र्याम र २५६ जीबी स्टोरेज मोडेलको मूल्य ६४९ अमेरिकी डलर/७४९.९० यूरो बाट सुरु हुने बताइएको छ। १६जीबी र्याम र ५१२ जीबी भण्डारण मोडेलको मूल्य ६९९ अमेरिकी डलर/७९९.९० यूरो कायम गरिएको गीज्मोचाइनाले उल्लेख गरेको छ।

प्रकाशित: १५ चैत्र २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया