आईफोन १७ सिरिजले ८के भिडियो रेकर्डिङ समर्थन गर्ने

  • Technology Khabar | १५ चैत्र २०८१, शुक्रबार
आईफोन १७ सिरिजले ८के भिडियो रेकर्डिङ समर्थन गर्ने

काठमाडौं ।

एन्ड्रोइड फोनहरूको विपरीत आईफोनहरूले भने अझै सम्म पनि ८के भिडियो रेकर्डिङ प्रस्तुत गरेको छैन। आईफोन १६ सिरिजले हाई–रिजोल्युसन भिडियो रेकर्डिङ प्रदान गर्न सक्ने भए पनि कम्पनीले यसलाई कहिल्यै कार्यान्वयन गरेन। यसै क्रममा अब भने आईफोन १७ ले अन्ततः ८के क्याप्चर ल्याउन लागेको एप्पल लीक्सको सन्दर्भमा राम्रो ट्र्याक रेकर्ड रहेको टिपस्टरले खुलासा गरेको उल्लेख छ।

अहिलेसम्म, आईफोन १६ र १६ प्लसले ६०एफपीएस सम्ममा फोरके भिडियो रेकर्ड गर्न सक्छन् भने प्रो र प्रो म्याक्सले १२०एफपीएस सम्म जान सक्ने बताइएको छ। केही आन्तरिक अफवाहहरूका अनुसार, एप्पल हालको आईफोन १६ लाइनअपमा नै ८के भिडियो रेकर्डिङ प्रस्तुत गर्नको लागि तयार भएको तर प्रो र प्रो म्याक्सको लागि प्रयोग गरिएको टेलिफोटो सेन्सर बाधा बनेपछि उक्त योजना त्यागेको उल्लेख गरिएको छ।

८के रिजोल्युसनमा रेकर्डिङ गर्न लगभग ३५ मेगापिक्सेल रिजोल्युसन भएको क्यामरा सेन्सर चाहिने र आईफोनको सेन्सर भने १२ मेगापिक्सेलको रहेको छ। टेलिफोटो युनिट (क्यामेरा) बाट ८के भिडियो रेकर्ड गर्न नसक्दा र ८के मा रेकर्ड गर्दा (रेकर्डिङको समयमा) सबै क्यामराहरू बीच स्विच गर्न सकिएन भने यसमा झुक्किने सम्भावन रहेने छ भनि एप्पलले बताएको छ।

यसको विपरीत, एन्ड्रोइड ओईएमहरूले भने प्रत्येक क्यामराको सेन्सरमा उच्चतम सम्भावित रेकर्डिङ रिजोल्युसन प्रदान गर्ने गरेको छ।

यदि आईफोन १७ सिरिजले ८के भिडियो रेकर्ड गर्न (वा रेकर्डिङलाई समर्थन गर्न) सक्छ भने, यसको अर्थ एप्पलले टेलिफोटो सेन्सरलाई उच्च रिजोल्युसनमा अपग्रेड गर्ने योजना बनाइरहेको छ भन्ने हुन्छ भनि जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: १५ चैत्र २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...