Technology Khabar १५ चैत्र २०८१, शुक्रबार

काठमाडौं ।
चालु आर्थिक वर्ष २०८१/८२ को आठौं महिना फागुन मसान्तसम्म नेपालमा ३१ करोड ४० लाख ७७ हजार रुपैयाँ बराबरका विद्युतीय चुलोहरु आयात भएका छन्।
यो रकम अघिल्लो महिना अर्थात् माघ मसान्तसम्म ३० करोड २३ लाख ७० हजार थियो। एक महिनाको अवधिमा १ करोड १७ लाख ७ हजार रुपैयाँ बढेर ३१ करोड नाघेको हो।
भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार नेपालले विश्वका विभिन्न १९ देशहरु तथा नाम नखुलेको एक स्थानबाट उक्त मूल्य बराबरका १ लाख ५८ हजार ६८६ थान यस्ता विद्युतीय चुलोहरु आयात गरेको हो।
यी परिमाणमा विद्युतीय चुलोहरु आयातवापत् सरकारले ४ करोड ८० लाख ३ हजार रुपैयाँ राजश्व आम्दानी गरेको छ।
यसरी आयात भएका विद्युतीय चुलोहरुलाई इण्डक्शन, इन्फ्रारेड र अन्य विद्युतीय चुलोमा वर्गीकरण गरिएको छ।
यीमध्ये सबैभन्दा धेरै चीनबाट २७ करोड ८ लाख २४ हजार बराबरको १ लाख ३४ हजार १७६ थान तथा भारतबाट ४ करोड २५ लाख ६५ हजार बराबरको २४ हजार १२१ थान चुलो आएको छ।
यसैगरी कतारबाट १ हजार बराबरको ३ थान, सिंगापुरबाट २३ हजार बराबरको ३१ थान, बंगलादेशबाट ५ लाख ८१ हजार बराबरको ३३० थान, मलेसियाबाट ३४ हजार बराबरको ७ थान, यूएईबाट २६ हजार बराबरको ११ थान, इजरायलबाट १ हजार बराबरको १ थान, बेलायतबाट २ हजार बराबरको २ थान, जर्मनीबाट ७ हजार बराबरको १ थान तथा इटलीबाट ९ हजार बराबरको १ थान उज्बेकिस्तानबाट शुल्कबिनाको १ तथा नाम नखुलेको स्थानबाट २ हजार बराबरको १ थान विद्युतीय चुलो आएको पाइएको छ।
प्रकाशित: १५ चैत्र २०८१, शुक्रबार