के अब आर्टिफिसियल इन्टेलिजेन्सले सामाजिक सञ्जालमा कमेन्टहरू व्यवस्थापन गर्नेछ?

Technology Khabar १५ चैत्र २०८१, शुक्रबार

काठमाडौं ।

सामाजिक प्लेटफर्महरूले थप एआई सुविधाहरू अपनाउँदै जाँदा, सामाजिक सञ्जालहरूमा “सामाजिक” को आधारभूत अर्थ पनि पुनः परिभाषित हुँदै गइरहेको र ह्युम्यान कनेक्सन्सले एल्गोरिदमिक रूपमा उत्पन्न अन्तरक्रियाहरूलाई बाटो दिएको बताइएको छ।

सामाजिक प्लेटफर्महरूमा मौलिक सामग्री कम भन्दा कम हुँदै गइरहेको छ। त्यसो हुनुमा कमी कमजोरी पनि प्रयोगकर्ताहरू आफैंमा रहेको बताइएको छ जसले द्विविधाको आधुनिक संस्करण सिर्जना गर्दै उक्त अवस्थामा उनीहरूले नेटवर्कमा फेला पर्ने कुरालाई रुचाउने र वा घृणा गर्ने गर्दछन् भनि थप उल्लेख गरिएको छ।

प्रविधि र अथेन्टिक ह्युम्यान इन्टरएक्सन बीचको यो खाडलले निकट भविष्यमा सामाजिक सञ्जालहरू कुन बाटोमा जानेछन् भनेर निर्धारण गर्ने प्रमुख क्षणहरू मध्ये एकलाई प्रतिनिधित्व गर्दछ भनि टेलिग्राफले रिपोर्ट गरेको छ।

एकातिर, धेरै जना सजिलैसँग भाइरल कन्टेन्ट बनाउनका लागि एआई टुल्सहरू प्रयोग गर्न लोभिने गरेका छन् भने अर्कोतर्फ, आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमत्ता) द्वारा उत्पन्न भएको भनेर खुलासा गरिएको कन्टेन्ट (सामग्री) ले सामान्यतया मौलिक मानव अभिव्यक्ति र रचनात्मकतालाई महत्व दिने प्रयोगकर्ताहरूबाट प्रतिरोधको सामना गर्ने गरेको बताइएको छ।

मेटाले हालै इन्स्टाग्राममा एआई–जेनेरेटेड कमेन्टहरूको परीक्षण गरेको छ जुन यस प्रवृत्तिको उदाहरण भएको बताइएको छ। जोन मान्जानोको इन्स्टाग्राममा देखा परेको “राइट विथ मेटा एआई” सुविधाले कमेन्ट फिल्डको छेउमा पेन्सिल आइकन डिस्प्ले (देखिने) हुने उल्लेख गरिएको छ।

प्रयोगकर्ताहरूले आइकनमा ट्याप गरेपछि, मेटा एआईले ईमेजको विश्लेषण गर्ने र पोस्ट गर्नका लागि तीनवटा सम्भावित कमेन्ट (टिप्पणी) हरूको सुझाव दिने उल्लेख गरिएको छ। त्यसैगरी यो सुविधाले प्रभावकारी रूपमा आधारभूत मानव अन्तरक्रियाहरूलाई पनि आर्टिफिसियल इन्टेलिजेन्सद्वारा ह्यान्डल गर्न अनुमति दिने बताइएको छ।

मानव संलग्नताको व्यक्तिगत प्रकृतिलाई हटाउँदै “बैठक कोठाको राम्रो सजावट” वा “मलाई आरामदायी वातावरण मन पर्छ” जस्ता वाक्यांशहरूका साथ सुझाव गरिएका कमेन्ट (टिप्पणी) हरू उल्लेखनीय रूपमा सामान्य हुने बताइएको छ।

यी अन्तरक्रियाहरूलाई स्वचालित गरेर मेटाले आफ्नो प्लेटफर्महरूमा “सामाजिक” हुनुको अर्थलाई मौलिक रूपमा परिवर्तन गर्दैछ र सम्भावित रूपमा अर्थपूर्ण आदानप्रदानहरूलाई एल्गोरिदमिक लेनदेनमा रूपान्तरण गर्दैछ।

ह्युम्यान इलिमेन्टहरू प्रतिस्थापन गर्ने मेटाको पहिलो यो प्रयोग होइन। कम्पनीले यस अघि फेसबुकमा एआई– जेनेरेटेड कमेन्ट समरिज (सारांशहरू) परीक्षण गरिसकेको छ भने अद्वितीय प्रोफाइल र व्यक्तित्व भएका एआई– जेनेरेटेड क्यारेक्टर्सहरू सँग पनि प्रयोग गरिसकेको बताइएको छ। प्रयोगकर्ताहरूको नकारात्मक प्रतिक्रिया पछि कम्पनीले उक्त विचार त्यागेको टेलिग्राफले उल्लेख गरेको छ।

प्रकाशित: १५ चैत्र २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया